एकदिन सबैलाई माटोले खान्छ

Posted by: subin

सुविन श्रेष्ठ 

subin.photojournalist@gmail.com

00977 9841 882687

शब्दहरु शुरू गर्ने पनि कठिनाई भईरहेको छ। यतिखेर मन र मतिष्कपनि समान स्थितीमा छन्। मन हिजैबाट टुक्रिएको छ। आङ्ग134नै मान्छेले जब दुई शब्द लिखित खबर पठायो। टिभीमा संसार ध्वस्त हुन्छ भनेको छ। हाम्रो भेट त हुन्छ? भगवानको मर्जी। अनि मन एक्कासी चिसो भयो। म आफैमा ढलेको महसुस भयो। आफुलाई सम्हाल्दै वास्तविकता बुझ्न तार सम्बाद गरे। सम्बाद स्पस्ट थिएन। त्यसपछि उनीलाई भगवानको लीला सम्झाउँदै नडराउन पनि भने।, संसारमा व्यति्क बिशेषले चाहेर यस्ता कुरा हुदैनन्। सुष्टिका सञ्चालक मान्छे होईनन्। सम्बाद चलिरहँदा डरका कणले होला। श्रवण शति्कपनि घटेको हो की जस्तो अनुमान लगाए। ठिकै छ नी भनेर हुने हो की होईन भोली नै थाहा हुन्छ भनेर बिदा भएँ। अरुलाई सम्झाउने भाको आफु रातभर सुत्न सकिएन। आखिर डराउनुपनि किन? सबैलाई एकदिन जानु नै छ। को रहन्छ र? न म, न तिमी र न तपाँई। रातभर म वृतचित्र बनिरहे। आफैले खिचे र आफैले सम्पादन गर्दे हेरिरहे।,

 

यतिखेर संसार ध्वस्तको समाचार कल्पना गर्दे वास्तविक शब्दहरु दौडाईरहँदा मेरो अनुहारमा सिंगो काठमाडौको दृश्य समाएको छ। त्यहाँबाट केही पर मात्र मेरो परिवारको पीडा र सन्देश म भित्र सलबलाएको छ। आखिर यथार्थ हो वा हावा गफ बुझ्न असहजता छदैथियो। मनमा बाँकी समय गन्ती गर्दे नचाहिदो बाजा बजिरहेको छ। हजारौ कोस टाढा रहेको मलाई यति सुक्ष्म त्रास छ भने काठमाडौबासीले के गरे होलान्। शायद पहिलाकै जस्तै अनिदो रात कटाएका होलान्।

 

हिजैबाट मन भित्र काँडा जस्तै बिझेको त्रासका गहिरो कुरा लेख्न म उतेजक बनेको थिए। यी कुरा लेखिरहँदा काठमाडौको स्थानीय समय बिहान १० बजेको छ। खबर मुताबिक संसार ध्वस्त हुने रे। केही समय अघि त्रिशुलबाबाको भविष्यवाणीबाट परिचितहरू सुते होलान् तर नयाँ मन र मुटु बोकेकाहरु भने कस्तो समस्यामा परेका छन् होला। लेखिरहँदा भर्खरै काठमाडौबाट मेरो सहयात्रीको मिस कल बज्यो। शायद अन्तिम पलहरु जाहेर गर्देछिन् होला। मैलै पनि फर्काए तर नेटवर्क ब्यस्त रहेछ देशमा। मेरो आत्माले भन्दै थियो की चिन्ता नगर म तिम्रो साथमा छु, हरहमेशा। यो जुनी पुरा नभएपनि तिमी चिन्ता नगर सातौ जुनीको कसम बाँकी छन् नी। यही सत्यलाई हिजो साँझ पनि सम्बादमा सुनाए। हल्का खुशीको आभाष गरिन होला। मेरो कलको प्रतिजवाफ यही शब्दहरुमा आश्रित थिए।

 

समाचार प्रति मेरो झुकाव छ। यो समाचारलाई म असत्य मानिरहेको छु। तर कतिपय त्यस्ता उदाहरण पनि छन्। नास्त्रेदमस त्यस्को मुख्य प्रमाण हो। जसले बोलेको भविष्यवाणी कसैले सुनेनन्। विश्वास गरेनन्। तर संसारमा आएको प्रलयपश्चात् नास्त्रेदमस्को मुटुमा एक लिखित लेख पाईयो। त्यसमा जुन परिस्थिती र त्रास समकालीन भोग्दै थियो। त्यसको बारे निकै वर्ष पहिलै नास्त्रेदमस्ले भविष्यवाणी गरिसकेका थिए। तर हाम्रो देशमा यस्तो प्रवृतिका कुशल व्यति्कत्वहरु छैनन्। केवल छ त धार्मिकतामा अल्भि्कएकाहरु र त्यसमा बाँधिएकाहरु। यहाँनिर मलाई के पनि लाग्दैछ भने मान्छेहरुलाई धर्म प्रति खिच्नु हो की जस्तो। दुखमा सबैले भगवानलाई याद गर्छन् तर सुखमा कसले? त्यही भएकोले त्यो बेला काँडामा कुल्चिनुपर्छ की भगवानको ध्यान कतै नजाओस्। यसर्थ धर्म जरुरी छ मान्छेको जीवनमा। यसले मान्छेलाई एकप्रकारको शति्क दिन्छ। यतिखेर संसारका सबैले अर्थात जो समाचारबाट प्रभावित छन्। यही शति्कलाई प्रयोग गर्देछन्। यही क्षणमा लोभ, मोह, कोध्र, अहंकार र अभिमान कुल्चेर भगवानको नाम उच्चारणमा व्यस्त छन् होला। यो पल निकै आवश्यक छ। जसले मानवतालाई अझ उच्च दर्जा दिओस्। मान्छे हुनुको परिचय आफैले बुझ्न सकोस्। यो कुराबाट कतिलाई लाग्न सक्छ की यो पंक्तिकार देशमा प्रलय चाहदो रहेछ। हो म प्रलय चाहन्छु तर देश र जनतामा होईन्। मान्छेका मन भित्र रहेका अहंकार, रिस, ईख, अभिमान र कोध्रको। जसको प्रलय पश्चात् सन्तुष्ट जीवनमा मान्छेहरु बाँच्नेछन्। अनि देशमा शान्तिपनि कसो आऊला??

 

काठमाडौ ध्वस्त हुने समाचार टिभीबाट दिईएको रहेछ। सत्य असत्यका लागि समय प्रतिक्षा नगरि हुन्न। तर मौखिक बोलिएका यी भविष्यवाणीहरु सम्भव छन्? हुन्न भन्नेमा म शतप्रतिशत ढुक्क छु। किनकी नाष्तिकपन नरहेको मेरो आत्माले पल पल बोल्छ। जे हुन्छ, माथिबाट चाहेपछि मात्र हुन्छ। वहाँको मर्जी बिना केही सम्भव छैन। संसारमा व्यति्क बिशेषले चाहेर यस्ता कुरा हुदैनन्। सुष्टिका सञ्चालक मान्छे होईनन्। ढिलो चाँडो संसार एकपटक सकिनु पनि छ। अनि सृष्टिका पात्रहरू पञ्चतत्वमा मिल्नु पनि छ एकदिन। आखिर हामीहरुलाई खाने माटोले नै हो। फेरि सृष्टिका जन्मदाता चाहन्छ युग फेरिनुपर्छ। कति युगहरु फेरिए कति युग गएँ। अहिले त हामी कलियुगमा छौ नी। यता संसार ध्वस्त हुन्छ वा युग समाप्त हुन्छ भन्ने डर एकदिनको रहनुहुन्न। समाचारले फुकेको दिन चिन्ताग्रस्त र त्रासमय हुने। दिन बितेपछि फेरि एक जुनी त हो नी भनेर मौज गर्ने प्रवृति। यदि जीवन एकमात्र हो भने राम्र्रै काम गरे कसलाई घाटा पर्छ र? योग गुरू विकासानन्दले भनेका छन्। संसार बदल्नुछ भने शुरू आफैबाट गर्नूपर्छ। अहिले र आजैबाट यसलाई किन नथाल्ने। होईन हामी के कुर्दैछौ?

 

लेखिने कुराहरु निकै छन्। कुरा र कुलो लामै हुन्छ नी। यसमा केही शब्दहरु कोही पाठक वा कसैलाई ठेस पर्ने गएमा आत्माबाट क्षमाप्रार्थी माग्दै अनुप जलोटाले गाएका केही शब्द समाचारले प्रभावित बनेकालाई समर्पित गर्दे बिदा।

 

तेरे जैसै लाखौ आए।

लाखौ ईस माटीने खाए।

राहाना नामोनिशान ऐ बन्दे

तेरे झुठे शान रे

मत कर तु अभिमान रे।

 

अस्तु

 

 

 

एकदिन सबैलाई माटोले खान्छ was last modified: February 1st, 2009 by subin

Blog Comments

  1. reader

    thanks but that would zoom the entire page and would be inconvenient.

    any chance the default size is set to some larger font?

Post Your Comments:

Your email address will not be published. Required fields are marked *