आकास पाताल – पर्वको अवधिमा देखिएका राष्ट्रिय विकृति

Posted by: devendra

वहुसंख्यक नेपालीका महान् पर्वहरू दशैं, तिहार, म्हःपूजा, इद र छठ सकिए । द्वन्द्वमुक्त नभए पनि नेपालीले यी पर्व शान्तिपर्ूवक मनाउन पाए । यी पर्वको अवधिमा यो स्तम्भकार पनि ढुक्कैसँग बस्यो । तर पनि व्यवसायिक एवं सचेत नागरिकको हैसियतमा यस अवधिमा भएका महत्वपर्ूण्ा घटना प्रसङ्गबारे आँखा चिम्लिने वा मौन रहने कुरा आएन । अतः तिनै घटना-सर्न्दर्भबारे केही चर्चा गरौं ।

स्रोत: नयाँ करेंन्ट साप्ताहिक – Vol 24, Issue 23


दशैं विदा अगाडि नयाँ करेन्टले फूलपाती बढाइँ समारोहमा सैनिक मञ्चमा श्री ५ महाराजाधिराजको उपस्थितिबारे अन्यौल रहेको समाचार छापेको थियो । नभन्दै, प्रतिनिधिसभा घोषणा-२०६३ बमोजिम नेपाल सरकारको मातहतमा आएको नेपाली सेना, सो वमोजिम बनेको सैनिक ऐन लगायतको सर्न्दर्भ मनन गरेर होला यसपटकको फूलपाती बढाइमा श्री ५ महाराजाधिराज प्रमुख अतिथि बनिबक्सेन, उपस्थित होइबक्सेन । कार्यक्रमका लागि निम्ता पत्र बाँड्नुभएका प्रधानसेनापति रुक्माङ्गत कटुवाल स्वयं प्रमुख अतिथि बन्नुभयो । अर्थात सरकारले नेपाली सेनालाई वेवारिसे जस्तो बनाएको भान भयो । प्रधानसेनापति कटुवाल प्रमुख अतिथि बने पनि उहाँ कार्यक्रम सकिंदा साथ उठेर हिँड्नु भएन, निम्तालुलाई विदाइ पनि गर्नुभयो ।

यसैगरी, सशस्त्र प्रहरी र जनपद प्रहरी दिवस पनि यही अवधिमा मनाइए । सशस्त्र प्रहरीको प्रधान कार्यालय हलचोकमा कार्यक्रम चलिरहँदा, साँझ, अन्धाधुन्ध असिना-पानी पर्यो । दिवस इतिहासमै नव्यहोरेको त्यस्तो आँधी हुरीमा पनि सशस्त्र प्रहरीको कार्यक्रम प्रस्तोताहरू विचलित नभइ कार्यक्रम सम्पन्न गरे । मानौं, उनीहरूले कस्तै आँधीवेहरीमा पनि सशस्त्र प्रहरी विचलित हुँदैन भन्ने सन्देश दिनकै लागि असिना-पानीको प्रवाह गरेका थिएनन् । पर््रदर्शन सकिएपछि कक्टेल डिनर थियो । प्रमुख अतिथि गृहमन्त्री कृष्णप्रसाद सिटौला, अतिथि प्रधानसेनापति लगायत हुनुहुन्थ्यो । विगतमा प्रमुख अतिथि बनाइएका श्री ५ पर््रदर्शनी सकिएपछि कार्यक्रममा सहभागी व्यक्तिहरूसँग घुलमिल गर्ने परम्परा थियो । यसपटकका प्रमुख अतिथिलाई निम्तालुहरूको बीचमा नदेखेपछि महानिरीक्षक वासुदेव वलीसँग स्तम्भकारले सोध्यो- खोई प्रमुख अतिथिज्यू – वलीजीले भन्नुभयो, ‘आउनुभएको थियो ।’ यसो हर्ेदा उहाँहरू परै पारिवारिक वातावरणमा बसिरहनुभएको देखियो ।

उता जनपद प्रहरीको कार्यक्रममा पर््रदर्शनीका वेला दर्र्ुइर् महिला प्रहरी वेहोस भएर ढले । कार्यक्रममा केही ढिलाइ भएको भए अरु पनि ढल्थे ! महानिरीक्षक ओमविक्रम राणाज्यू ! तपाईं कानुनी बनेर मात्र संगठन बलियो हुँदैन, कार्यकर्ता दह्रा बन्दैनन् है ।

यी कार्यक्रमहरू पछि विराटनगरमा भाइटीका लगाउँदा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई जनपद प्रहरीको टोलीले सलामी दिएको दृश्य टेलिभिजनहरूले देखाए । बन्दुक समाउनै नजान्ने जस्ता जवानहरूले जानी नजानी सलामी त दिए तर अब छिटो केही नीतिगत प्रश्नको जवाफ दिइनुपर्यो- सलामी को-कसलाई दिने – सेना, जनपद प्रहरी र सशस्त्र प्रहरीको भूमिका के के हो ?

अब कूटनीतिक क्षेत्रतिरका कार्यक्रम-सर्न्दर्भ । यही अवधिमा जर्मन र चीनका राष्ट्रिय दिवस परे । यहाँस्थित जर्मन राजदूतावासले आयोजना गरेको समारोहमा त रमितै भयो । राजदूतावासले कार्यक्रम प्रक्रिया र प्रमुख अतिथिबारे नेपालको परराष्ट्र मन्त्रालयसँग परामर्श लिनुपर्ने रहेछ । परराष्ट्र मन्त्रालयले कार्यक्रममा परम्परा अनुरुप बजाउनुपर्ने नेपालको राष्ट्रिय धुन हाल नभएको जानकारी दिएछ र प्रमुख अतिथि सभामुख सुवास नेम्वाङलाई बनाउन भनिएछ । जर्मन दूतावासले प्रधान न्यायाधीशलाई पनि बोलाएको थियो । मर्यादाक्रममा सभामुखभन्दा प्रधानन्यायाधीशलाई माथि देखेपछि मञ्चको सोफामा दुवैलाई राखेर जर्मनको राष्ट्रिय धुनमात्र बजाइयो ! यही बुझेर चीनको राष्ट्रिय दिवसमा सभामुखमात्र बोलाइयो । त्यहाँ पनि नेपाली राष्ट्रिय धुन नबज्दा सहभागीहरूलाई नियास्रो लाग्यो । राष्ट्रिय धुन खारेज गरेको चार-चार महिना बितिसकेको छ तर आजसम्म किन नयाँ राष्ट्रिय धुन बनाइएको छैन?

जसको राष्ट्रिय गीत र धुन नै छैन, बनाउन पनि सक्दैनन्, त्यस्तालाई किन विश्वास गर्ने – शायद यस्तै सोचेर त होइन नेपाललाई यतिखेरै संयुक्त राष्ट्रसंघको सुरक्षापरिषद्को अस्थायी सदस्यमा धेरैले भोट नदिएको -! राष्ट्रसंघीय चुनावमा लज्जास्पद मत ल्याउनुपरेको पीडा समन गर्न जेसुकै तर्क दिइए पनि हाम्रो कूटनीतिक संयन्त्रको घोर असक्षमताको उपज यो परिणाम हो । यस्तो परिणाम सुन्नुपर्ने भएपछि बरु उम्मेदवारी नै फिर्ता गर्नु बुद्धिमानी हुन्थ्यो ।

यही अवधिमा नेपालमा रहेका भूटानी शरणार्थीमध्ये ६० हजारलाई अमेरिकामा लैजाने इच्छा अमेरिकीबाट आएको छ । यो खवरले कतिपय लोभी नेपालीलाई पनि भूटानी शरणार्थी बनुँ भन्ने लागेको छ । तर यो अमेरिकी इच्छाले नेपाली तथा भूटानी नागरिकको स्वाभिमानमाथि घोर प्रहार गरेको छ । यहाँको शान्ति प्रक्रियामा अवरुद्ध पार्न अन्टसन्ट बोल्ने अमेरिका यदि भूटानी शरणार्थी र नेपालप्रति सद्भाव राख्छ भने किन ती शरणार्थीलाई उनकै स्वदेशमा फिर्ता गराउन लाग्दैन? ती शरणार्थीलाई अमेरिकामै नोकर बनाउन लाने हो भने उनकै देशमा फिर्ता गरी त्यहींबाट लगोस् न !

कूटनीतिक सर्न्दर्भमै भारतले आफ्नो परराष्ट्र सम्बन्धको १० वर्ष रणनीतिमा राम्रो सम्बन्ध राख्नुपर्ने राष्ट्रहरूको सूची बनाउँदा नेपाललाई आठौं नम्बरमा राखेको खबर आयो । एक नम्बरमा अमेरिका हुँदै छैठौंमा चीन, सातौंमा बंगलादेश, आठौंमा नेपाल, नवौंमा पाकिस्तान, दशौंमा श्रीलंका हुँदै ६८ औंमा भूटानलाई राखेको छ । तत्काल यस्तो सुन्दा कतिपय नेपालीको नाक फुलेको छ । तर हेक्का राखियोस्- हामी भारतीय प्रभावमा नतमस्तक हुँदै जाने हो भने दश वर्षछि अस्सी नम्बरमा नेेपाललाई राख्नेछ भारतले । किनभने अहिलेको भूटान जसको स्वाधिनत, साधन-स्रोत भारतीय नियन्त्रणमा छ, ऊसँगको सम्बन्धमा किन प्राथमिकता दिनुपर्यो र ? त्यस्तै अवस्था हाम्रो नहोस्, नेतृत्वले राष्ट्रिय स्वाधिनता र स्वाभिमानको ख्याल राखिरहोस् ।

झण्डै भारतले यतिखेरै नफसाएको ! दशैंका बेला गृहमन्त्री कृष्णप्रसाद सिटौला नेपाल-भारतबीच तेस्रो देशका नागरिकको समेत सुपर्ुद गर्न मिल्ने सुपर्ुदगी सन्धि गर्न नयाँदिल्ली जाँदै हुनुहुन्थ्यो । तर माओवादी अध्यक्ष प्रचण्डलाई धन्यवाद भन्नर्ैपर्छ किनभने उहाँको दवावमा त्यो सन्धि हुन पाएन । अब अहिले पाकिस्तानले पनि त्यस्तै सन्धि नेपालसँग गर्न पाउनुपर्ने माग उठाएको छ । खवरदार नेताहरू ! नेपाललाई भारत-पाकिस्तानको रणक्षेत्र बन्न देउला ! यस्ता सुपर्ुदगी सन्धि नगर ।

अब अर्को चर्चित विषय- जनआन्दोलनको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले राजालाई प्रश्न पठायो, राजाबाट उत्तर आएन ! कुरो बुझदा, राजालाई भनिएछ- विद्यमान संविधान बमोजिम राष्ट्राध्यक्षले प्रधानमन्त्रीलाई मनोनयन गरिन्छ भनेपछि राष्ट्राध्यक्षले बयान दिन मिल्दैन । बरु ती प्रश्नको जवाफ अन्तर्रर्ााट्रय सञ्चार माध्यममार्फ दिनु उपयुक्त हुनेछ ।

वर्तमान राजाले उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगका प्रश्नको जवाफ आयोग र राष्ट्रिय सञ्चार माध्यममार्फ नदिइ अन्तर्रर्ााट्रय प्रेसमार्फ दिँदा राम्रो हुन्छ भन्ने सल्लाहकारहरूको सुझाव रहेको सुन्दा स्तम्भकारलाई यसपटकको तिहारमा विशिष्ट तहको कौडा-खालको दृश्य सम्झन मन लागेको छ । विशिष्ट श्रीमानले तिया दाउमा दर्ुइ हात कौडा हानेर श्रीमतीलाई कौडा दिन्छन् । आफू सोफामा बसेर मस्तसँग चुरोट र मदिरा पान गर्छन् । राति साढे दर्ुइ बजे र्फकन्छन् । एककी श्रीमतीले पञ्जा दाउमा लगातार पाँच हात मार्छिन् । तर पनि त्यहाँ कसैले ‘मार्रर्ााभन्दै कराउन पाउँदैन । उनका अगाडि जुवाको खालमा समेत कोही बोल्न-कराउन नपाउने संस्कार नियम रे ! यस्तो मर्ुदा-जुवाको के अर्थ – के खेल-रमाइलो?

हाम्रो अबको राजनीतिक खेल यस्तो ‘मर्ुदा-जुवा’ नहोस् । अनि एमाले महासचिव माधवकुमार ‘नेपालले नेताहरूले इच्छाशक्ति देखाउनुपर्यो’ भन्दै आफैंलाई व्यङ्ग्य गर्ने प्रवृत्ति पनि हट्नुपर्यो ।

आकास पाताल – पर्वको अवधिमा देखिएका राष्ट्रिय विकृति was last modified: September 26th, 2007 by devendra
 

Blog Comments

  1. Yestai Ho

    Good write-up!!! very well summarizes current affairs of Nepal. Would love to see some original writing from the columnist instead of something already posted somewhere else. Original blog – please!

    Yestai Ho

Post Your Comments:

Your email address will not be published. Required fields are marked *