अबको संविधानमा यसो चाहन्छन तेश्रो लिंगीहरु

Posted by: Administrator

अबको संविधानमा यसो चाहन्छन् तेश्रो लिंगीहरु

जँहा जे औपचारीक कार्यक्रम भए पनि केहि ब्यक्तीहरुलाई आदर पुर्वक सभापति,प्रमुख अतिथि र अतिथिको रुपमा सम्मानजनक तरिकाले बिशेष आसन ग्रहण गराएपछि मात्रै कार्यक्रम शुरु गरिन्छ र त्यस्तो आसन ग्रहण गर्नेहरुमा पहिला पुरुषको बाहुल्यता हुने गर्दथ्यो भने अहिले महिलाले पनी स्थान पाउन थालेका छन् । तर मिति २०६५ चैत्र २६ गते बुधबार जिल्ला बिकाश समिती पर्साको बार्षीक साधारण सभा तथा बजेट फर्छौट कार्यक्रममा महिला,पुरुष लगाएत तेश्रो लिंगीले पनि स्थान पाएका छन् । अतिथिको रुपमा अयुव खाँ पैठान (पुरुष समलिंगी) लाई पनि आसन ग्रहण गराईयो । उनि निल हिरा समाज, सहयात्री समाज नेपाल पर्साको सदस्य हुन् । यसरी पर्सामा तेश्रो लिंगीलाई कुनै औपचारीक कार्यक्रममा सम्मानजनक ब्यवाहार गरेको यो पहिलो पल्ट हो । जे होस यो कार्यले तेश्रो लिंगीलाई हेर्ने दृष्टिकोणमा केही सकरात्मक परिवर्तन आएछ भन्ने कुराको अनुमान लगाउन सकिन्छ । केही सिमीत ठाँउमा मात्रै आएको यस्तो परिवर्तनले सबै तेश्रो लिंगीले न्याय पाउलान भन्न चाहि सकिन्न । किनकी उनिहरुलाई एक मानवलाई गरिने ब्यवाहार भन्दा फरक किसिमको ब्यवाहार गर्ने गरेको छ हाम्रो समाजले । त्यसैले त उनिहरुमाथि अपमान जनक ब्यवाहार,बलत्कार,कुटपीट र मानव बेचबिखन जस्ता क्रियाकलाप हुने गर्दछ । आफ्नै आमाबुवा र आफन्तले तेश्रो लिंगी भनेर थाहा पाउना साथ घरबाट निकालीदिने, थुनेर राख्ने, अंश नदिने जबरजस्ती बिपरित लिंगीसँग विवाह गरिदिने गर्दछन् ।

यो कार्यले तेश्रो लिंगीलाई हेर्ने दृष्टिकोणमा केही सकरात्मक परिवर्तन आएछ भन्ने कुराको अनुमान लगाउन सकिन्छ ।

यस्तै तेश्रो लिंगी भएकै कारण आफ्नै घरबाट बहिस्कृत भएकी छिन् कल्पु गुरुङ। बिरगंज उपमहानगरपालिका वडा नम्बर १३ गुरुङ परिवारमा जन्मिएकी कल्पु गुरुङ १२ बर्ष नाघे पछी आफुलाई पुरुष जस्तो महशुस गर्न थालिन् । उनलाई केटाको जस्तो लुगा, जुत्ता लगाएर त्यस्तै कपाल काटेर हिड्न मन लाग्न थाल्यो तर केटा प्रति भने आकर्षण भएन । उनको यस्तो स्वभावले परिवार चकित परे । उनि आफुलाई बिकि गुरुङ भनेर चिनाउन रुचाउछिन र आफुलाई केटा महशुस गर्छिन् । उनले अहिले बिहे गरेर घरजम बसाएको पनि दश बर्ष भैसक्यो तर सन्तान छैनन र हुदैनन पनि किनकी उनले समलिंगी बिवाह गरेकी छिन् । उनले अरुको श्रीमतीलाई भगाएर लेराएकी हुन् । उनि गर्वसाथ भन्छिन् मैले लुकेर विहे गरेको होईन पाँचसय जनाको अगाडीबाट बिनुलाई लिएर आको हो। उनकी श्रीमती बिनु कल्पु(बिकि) भन्दा तिन बर्ष जेठी छिन् उनि पनि समलिंगी श्रिमान कल्पु(बिकि) सँग निकै खुशी छिन् । उनको पहिला भारतीय केटा सँग विवाह भएको थियो उनको लोग्ने प्रतिको बिकर्षणले गर्दा उनको लोग्नेले सधै रक्सी खाएर पिट्ने गाली गर्ने गर्थे किनकी उनलाई केटा प्रति आकर्षण थिएन र उनको लोग्नेले मसँग मात्रै यस्तो हो वा अरुसँग पनि हो भनेर जाँच्नको लागि आफ्नो साथीहरुलाई सिकाएर यौन सम्पर्क राख्न पठाउने गथ्र्यो । उनि आफु महिला भएर पनि महिला प्रतिनै आकर्षीत हुन्थिन् । उनलाई श्रिमानसँग उठबस गर्ने चाहाना हुदैनथ्यो तर श्रिमानले जवरजस्ती सम्बन्ध राख्थे । उनको दूईवटा बच्चा पनि थियो । पछि कल्पु र बिनु गूप्ताको भेट भयो दुवै एकअर्कासँग भेट्न पाएर निकै खुशी भए । उनिहरु एक अर्कालाई माया गर्नथाले पछी कल्पुले उनलाई बिहे गरेर घर लगिन् तर उनिहरु दुवै घरबाट निकालिए । समलिंगी भएको कारण घरपरिवार र समाजबाट त दुखः थियो थियो तर विहे पछी त पुलिस प्रशासनले पनि दुखः दिनु दियो । बिनुको श्रिमानले दुवैलाई पुलिस लगाएर थुन्न लगाए । कल्पु (बिकि)ले म आफुलाई पुरुष महशुस गर्दछु तर म शाररिक रुपले महिला हो मलाई पुरुष प्रहरीले हात नहाल भन्दाभन्दै पनि उनलाई पुरुष प्रहरीलेनै शरीर भरी निलडाम र मुखबाट रगत आउने गरी पिट्दा पनि उनिहरु एकअर्कासँग छुटिएनन् त्यही बेला देखी कल्पुलाई प्रहरी प्रशासन माथी बिस्वास लाग्न छाड्यो । समलिंगी विवाह गरेपछी उनलाई घरपरिवारले बहिष्कार गर्यो त्यसपछी उनिहरु बाच्नको लागी भारत गएर दुखः गर्न थाले । ति दिनहरुको सम्झना गर्दै गह भरी आशु पारेर बिनु भन्छिन् हामीले तिन महिनासम्म एक रुपैया खाले बिस्कुट खाएर बाच्यौ। पाँच बर्ष दुखः गर्दा पनि जिवन शैलीमा परिवर्तन नआएपछी उनिहरु पुन नेपाल आए । एउटा फुसको घरमा डेरा लिएर श्रीमती (बिनू)लाई घरमा राखेर कल्पु रिक्सा चलाउन जान्थिन् । पछि २०६४ असारमा निल हिरा समाज अन्तरगतको पर्सामा पनि सहयात्री समाज नेपाल पर्सा भनेर शाखा खुल्यो त्यस पछी कल्पु र बिनु दूवै त्याहा गए र दश महिनासम्म स्वयंम सेवकको रुपमा आफु जस्तै अरु समलिंगी अर्थात तेश्रो लिंगीका लागी काम गर्न थाले । अहिले त कल्पुको महिनाको ६ हजार रुपैया तलब आउछ त्यो तलबले दुवै जना मज्जाले बाचेका छन । तलब आएपछी अरु बिपरीत लिंगी जोडी जस्तै उनिहरुपनि किनमेल गर्न बजार जान्छन् । बिनुको पनि अब केहि दिन पछि देखी तलब आउछ भन्ने कुराले उनिहरुलाई अझ खुशी थपी दिएको छ । उनिहरुले काम गर्ने त्यस सहयात्री नेपाल पर्साको अफिसमा उनिहरु जस्तै २९ जना कर्मचारी छन् । दश बजे सबै जना अफिसमा भेट्छन् त्यसपछी सबै आ आफ्नो काममा लाग्छन् । उनिहरुको काम भनेको एच आई भी पोजेटीभ र मानव बेच बिखन बिरुद्ध गाँउ गाँउमा गएर जनचेतना फैलाउने हो । उनिहरु बिच समलिंगी यौन सम्पर्क हुने हुदा कन्डम र एच आई भी पोजेटिभ बारेमा ज्ञान नहुनाले कयौको ज्यान जाने गरेको र आफ्नै एक जना साथी जयलाल हजरा (पुरुष) समलिंगीको ज्यान गएको बताउछन् । त्यस संस्थामा हेल्थ असिसटेन्टका रुपमा काम गर्दै आउनु भएका सन्तोष कुमार गूप्ताको अनुसार अहिले पनि त्याँहा दुई जना रामदेव थारु र बसरुदिन मियालाई एच आई भी पोजेटिभ छ । पहिला थाहा थिएन तर अहिले थाहा पाए देखी कन्डम प्रयोग गरेर मात्रै यौन सम्बन्ध राख्ने गरेको र अरुलाई पनि त्यही परामर्श दिने गरेका छौं भन्नुहुन्छ संस्थाका कोषाध्यक्ष उमाशंर सिंह (पुरुष समलिंगी ) । तर पुरुष समलिंगीको लागी कन्डमको ब्यवस्था भएको तर महिला समलिंगीको लागी कुनै त्यस्तो किसिमको यौन शुरक्षाको साधन नभएको कारण हाल आएर तुलनात्मक रुपमा महिला समलिंगी यौन रोग र एच आई भी पोजेटिभको जोखीममा पर्ने सम्भावना रहेको महिला समलिंगीहरुको भनाई छ । जन्मदा जुन लिंग लिएर आएको हुनछन् दश बर्ष नाघे पछी आफ्नो शाररीक संरचना भन्दा फरक किसिमको यौन अनुभुति हुन थाले पछी कति ब्यक्तहरु डराउने, रुने, लुक्ने, घर छोडेर भाग्ने गर्दछन् । भन्यो भने साथीभाई घर समाज र स्कुलबाटनै निकालिदिने गरेको घटना तेश्रो लिंगीको लागी नौलो कुरा होईन यसको उदाहरण स्वयंम सहयात्री समाज नेपाल पर्साका अध्यक्ष कान्तालाल चौधरी हृन् । उनि पुरुष हुन तर आफुलाई महिला हु भन्ने महशुस गर्छन् र पुरुष प्रति आकर्षित हुन्छन् । जब उनि स्कुल पढ्रदा आफुलाई केटी महशुस गर्न थाले त्यस पछी केटीहरुलाई आफ्नो साथी सोचेर घुलमील हुन थाले तर शिक्षकहरुले केटीसँग घुलमेल हुने केटा, बिग्रिएकको केटा, यसले गर्दा अरु पनि बिग्रन्छन भनेर स्कुलबाटनै बन्चित गरिदिए । खोईत त्याहाँ उसको शिक्षाको अधिकार? किन त शिक्षीत शिक्षकहरुलेनै उस्को भावना नबुझेको ? बाटोमा हिड्दा पनि अरु महिला, पुरुष जसरी स्वतन्त्र भएर हिड्छन् त्यसरी आफुहरु हिड्न सक्ने बातावरण नभएको दुखेसो गर्छन् उनिहरु । बाटोमा हिड्दा रमाईलोको लागी आफुहरुलाई जिस्काउने, हिजडा, मौगा, छक्का जस्ता सस्तो शब्दको प्रहारले आत्माबिस्वासलाई गिराउने काम समाजले गर्ने गरेको उनिहरुको गुनासो छ । तराईको संस्कृतीले साथ दिएको कारणले पहाडको तुलनामा यँहा खुलेर सम्पर्कमा आउनु त्यती गारो नपर्ने भएकोले अहिले सम्म चार हजार जना सम्पर्कमा आईसकेको बताउनुहुन्छ निल हिरा समाज नेपाल पर्सा शाखाका प्रोजेक्ट अफिसर कुमार तिमल्सेना (द्धिलिंगी ) । तराईमा खुल्न सजीलो भएता पनि छिमेकी जिल्ला बारा र रौतहटमा भने तेश्रो लिंगीको हकमा काम गर्ने कुनै संघ संस्था र निकाय छैन। बारामा तेश्रो लिंगी लाई विवाह, पुजा र कुनै रमाईलो कार्यक्रममा नाचगान गर्न, भाडा माझ्नको लागी मात्रै बोलाउने गरेको पाईन्छ । त्यहाँ उनिहरुको जिवनशैली, शिक्षा, स्वास्थ्य, र समाजको ब्यवाहार कस्तो छ भनेर अहिले सम्म कुनै सरकारी तथा गैर सरकारी संघसंस्थाले काम नगरेको हुनाले उनिहरुलाई आफ्नो पहिचान र हक अधिकारको समेत चेतना नभएको कारण आफुलाई हिन सम्झने गरेको बताउनुहुन्छ सामाजिक संस्था जनचेतना जागरण अभियान बाराकी अध्यक्ष निभा सिंह ।

नयाँ नेपाल निर्माण अर्थात सातौ संविधान निर्माणमा सबैलाई समान न्याय दिने गरी संविधान निर्माण कार्यमा जुटेका नेपाल भरीका ६०१ जना सभासदहरुको बिचमा सुनिलबाबु पन्त एक जना मात्रै तेश्रो लिंगी (पुरुष समलिंगी) हुनुहुन्छ । नेपालको जनसंख्याको लगभग डे्ढलाख तेश्रो लिंगीहरुको प्रतिनिधित्व गरेर आफ्नो र आफ्नो साथीहरुको हक अधिकारका कुरा संविधानमा लेखाउनका लागि त्यहाँ सम्म जाने अवसर पाएका उनलाई भने सबै सभासद साथीहरुले राम्रै ब्यवाहार गर्ने गरेको र बिभिन्न कार्यक्रमहरुमा तेश्रो लिंगी बिज्ञको रुपमा बोलाउने गरेको बताउनुहुन्छ । एक जनाको आवाज सानो हुने भएकोले अहिले सुनिदैन पछी संविधान बनिसके पछि फेरी किचलो हुन्छ बरु उनिहरुको कुरा पनि समावेश गर्नुपर्छ भनेर सबैले आफ्नो वर्गको मागहरुलाई सकरात्मक रुपमै लिएका छन् भन्नुहुन्छ ।तेश्रो लिंगी साथीहरुले पनि उनलाई आफ्नो काम कर्तब्य बिर्सेलान भनेर बेलाबेलामा झझक्याउने गर्दछन् ।

अब बन्ने संबिधानमा सम्पतीको हकमा बुवा आमा र छोराछोरी मात्र नभनेर बुवाआमा र सन्तान भनेर उल्लेख गर्नुपर्ने, होईन भने बुवाआमा, छोराछोरी र तेश्रो लिंगी भनेर लेखिनु पर्ने छ । नागरिकताको सवालमा आमाबुवाले जवरजस्ती छोरा वा छोरी भनेर बनाई दिएको नागरिकतालाई बदर गरी आफ्नो यौनिक चाहाना अनुसार स्पष्ट रुपमा तेश्रो लिंगी भनेर आफ्नो लैंगीक पहिचान सहितको नागरिकताको ब्यवस्था हुनुपर्छ । विवाहको हकमा आमाबुवा र समाजले ईच्छा बिरुद्ध बिपरित लिंगीसँग विवाह गर्न नपाउने । आफुले चाहेको ब्यक्तीसँग वा समलिंगी ब्यक्तीसँगको विवाहलाई कानुनले मान्यता दिनुपर्ने र अरुको झै विवाह दर्ताको प्रावधान हुनुपर्ने जस्ता माग लगाएतका कानुन चाहिएको उनिहरुको माग छ । रोजगारको लागी सबै प्रकारको रोजगारी चाहे त्यो सरकारी होस् चाहे निजि, चाहे प्रहरी प्रशासन होस् चाहे , पिउन सबै ठाँउमा आफुहरुको पहुच र समावेशी हुनुपर्ने आवश्यक्ता महशुस गरेका छन् उनिहरुले ।

अब यि सब कुराहरुमा सरकारमा बसेकाहरुले कतिको गम्भिरता पुर्वक हेरेका छन् भनेर सो बारेमा बुझ्दा उनिहरुलाई प्रकृतिले ठगेपनि हामी देशको प्रतिनिधित्व गर्ने ब्यक्ति र हामीले निर्माण गरेको अबको संविधानले उनिहरुलाई ठग्न दिन नहुने बताउनुहुन्छ पर्सा क्षेत्र नम्बर १ बाट नेपाली काङग्रेसका सभासद ओमप्रकाश शर्मा । तर समलिंगी विवाहलाई कानुनी मान्यता दिने हो भने समाजमा बिकृती फैलने र प्रकृतीले दिएको पुरुष र महिला बिचको यौन महत्वको अस्तित्व नरहने भएकोले यसमा निर्णय लिईहाल्न गारो छ भन्नुहुन्छ । उँहा आफु बिषयगत समिती अन्तरगतको मौलिक हक अधिकार निर्माण समितीमा भएको कारण पनि सबैभन्दा पहिला उनिहरुलाई समाजमा अरु जस्तै स्वतन्त्र र गर्भसाथ म मानव हु, म नेपाली हु, म फलानो हु भनेर आफ्नो लैंगीक पहिचान सहित बाच्न सक्ने बातावरण दिनु पर्ने र त्यसको लागी उनिहरुलाई शिक्षा, स्वास्थय, रोजगार र जनचेतनामुलक कार्यक्रमको बिशेष ब्यवस्था हुनुपर्ने कुरामा जोड दिएको बताउनुहुन्छ ।
उनिहरु अरु जस्तै दश महिना सम्म आमाको गर्भमा सम्पुर्ण प्रकृया पुरा गरी मानव शरिर लिएर जन्म लिन्छन् । तर पनि अबिकशीत लिंगको कारण, समलिंगी यौन चाहानाकै कारण समाजबाट तिरस्कृत र छिछि धुरधुर भएर बाच्नुपर्ने अवस्थाको श्रृजना घरबाटनै शुरु हुन्छ । त्यसैले उनिहरुलाई न्याय उनिहरुकै घरबाट शुरु गर्नु आवश्यक छ । र त्यसको लागि उनिहरुको न्याय संविधानमा उल्लेख गर्नु पर्छ ताकी उनिहरु आफ्नो हक, अधिकार र पहिचान खोज्न सकुन र उनिहरुमाथि अन्याय भए कानुनको सहयोग लिन सकुन् कोही मानिस जन्मदै शारीरिक रुपले पुरुषलिंगिय हुन्छन् भने कोही स्त्रिलिंगीय हुन्छन् । तर कतिपय यी दुवैभन्दा फरक तेश्रो लिंगिय पनि हुन्छन् । बहुसंख्यक पुरुष लिंग लिएर जन्मेकाहरु महिला लिंगियप्रति शारीरिक रुपले आकर्षित हुन्छन् भने बहुसंख्यक महिला लिंगियहरु शारीरिक रुपले पुरुष लिंगप्रति आकर्षित हुनछन् । तर अल्पसंख्यक पुरुष लिंग लिएर जन्मेका मानिसहरु पुरुषतफै नै आकर्षित हुन्छन् भने अल्पसंख्यक स्त्रिलिंग लिएर जन्मेका महिलाहरु महिलातर्फ नै आकर्षित हुनछन्, जसलाई समलिंगि भनिन्छ । किन र कसरी यस्तो हुन्छ भन्ने कुराको कुनै खास बैज्ञानिक कारण यकिन नभए पनि यो कुरा जन्मजातको प्राकृतिक कुरा हो । यो असमान्य कुरा होईन र विश्वको कुल जनसंख्यामा ८ देखी १० प्रतिशत मानिस तेश्रो लिंगी अर्थात पुरुष समलिंगी, महिला समलिंगी, द्धिलिंगी र अन्तर लिंगी छन् । आफ्नो भिन्न यौन चाहानाको कारण अल्पसंख्यकहरु परिवार, समाज र राष्ट्रबाट विभेदपुर्ण जीवन जिउन बाध्य छन् । जुन कारणले उनिहरु हिंसा, अपहेलना, बलत्कार, सम्पतिबाट बन्चित जस्ता विभेदबाट पिडित छन् । अतः मानवअधिकारबाट वंचित यौन अल्पसंख्यकलाई मानवअधिकारको बोध गराई उनिहरुलाई समाजमा आत्मासम्मानपुर्वक बाच्न पाउने वातावरण श्रृजना गर्नु ब्यक्ति, परिवार, समाज तथा राष्ट्रको दायित्व हो ।

पबी कें सीं
बिरगंज, पर्सा

तराईमा दाईजो प्रथाको अन्त्य भएन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले केहि दिन अघि नेपालबाट छुवाछुत, दाईजो प्रथाको अन्त्यको घोषणा गरे । तर त्यसको ठिक चार दिन पछि दाईजोको निहुमा घरबाट निकालीएकि रौतहट चन्द्रनिगाहपुर गाबिस–१ किरण शर्मा र धमौरा गाबिस–५ का फेकु ठाकुरको छोरा हरेन्द्र ठाकुर बिच दाईजोको निहुमा सम्बन्ध बिच्छेद भयो । बिबाह भएको एक साता पनि बित्न नपाउदै दाईजो कम ल्याएको निहुमा श्रीमान ससुरा र सासुले कुटपिट गरी हत्याको प्रयास गरे पछि छोरी किरण ज्यान जोगाउन घरबाट भागेर माईती आएकि थिईन । बिबाहका लागी जन्ति आएकै दिन दाईजोको निहुमा एक घण्टा बिबाहको बिधि रोकिएको थियो । छोरीको भबिस्य र आफ्नो प्रतिष्ठालाई ख्याल गरेर किरणका बुबा धर्मनाथ सर्माले बिबाहमा २२ हजार नगदर टिभि, साईकल, घडि, पानी तान्ने मेसिन लगाएतका समाग्री गरी १ लाख १६ हजारको दाईजो दिई बेहुलालाई बिदा गरे । तर लामो समय सम्म उनिहरुको बैबाहिक जीवन चल्न सकेन अन्तगोतत्व दुबेै बिच दाईजाको निहुमा अदालतमा गई सम्बन्ध बिच्छेद समेत भयो । प्रधानमन्त्रीको घोषणाको लगत्तै राजधानी सगै जोडिएको एक जिल्लामा बोक्सिको आरोपमा एक महिलालाई दिशा समेत खवाएर मानबअधिकारको ठाडो खिल्लि उडाए ।

तराईका जिल्लाहरुमा महिलाहरुका लागी काल बनेको छ दाईजो प्रथा । समाजको चेतना र धनको लोभमा परेका अभिभाकहरुले बिबाह पुर्ब लेनदेनका बिषयमा कुरा उठाउन बन्द नगरे सम्म दाईजो प्रथाको अन्त्य सम्भब छैन । उनिहरुको भरमा बिबाहको कुराकानी तय गर्न केटा र केटि पक्ष बिच घण्टौ सम्म चल्ने दाईजाको बहशको शितयुद्धले कतिपयको घरबाट उजाडेको घट्ना रौतहटमा पर्याप्त छ । तर पनि यो प्रथाले निकै लामो समय देखी जरा गाडेको छ । घरेलु हिसाको रुपमा रहेको यो प्रथा अन्त्यका लागी बिगत कैयौ बर्ष देखी तराईका जिल्लाहरुमा धेरै महिला अधिकारकर्मिहरुले बिभिन्न खाले अभियान समेत नचलाएका हैनन । उनिहरुको त्यो अभियान सार्थक बन्न सकेको छैन । चन्द्रनिगाहपुर स्थित महिलाका अधिकारका बारेमा वकालत गर्दै आएको महिला सुरक्षा दबाब समुह रौतहटका अध्यक्ष देबकि नेपालले दाईजोका कारण महिला माथि हुने हिसाका बारेमा लामो समय देखी अभियान नै चलाउदै आएकि छिन । बिबाह अगाबै केटा र केटिबिचको सम्बन्ध र भबिस्यका बारेमा छिनोफानो गर्ने बेलामा हुने लेनदेनमा दुबै पक्षबिच समझदारीको दुरी कम भए पनि बिबाह पश्चात त्यसैको निहुमो सम्बन्ध बिच्छेदमा गएर टून्गिन थालेको घट्ना तराईमा थुपै्र रहेको समुहकि अध्यक्ष देबकि नेपालले बताईन । उनको सस्थमा दाईजो लगाएतका घरेलु हिसाका घट्नाका बारेमा एक दर्जन बढि उजुरीहरु परेका छन । महिलाकै हितमा काम गरेको नारी आबाज केन्द्र रौतहट कि अध्यक्ष लक्ष्मि बराल पनि दाईजो बिरुद्धको अभियानमा दलहरुले साथ नदिएकोे गुनासो गर्छिन । अब बन्ने संबिधानमा दाईजो र छुवाछुत बिरुद्धको कानुन राम्रो बन्न नसके देश भरीका महिला सडकमा उत्रने चेतावनी दिन्छन अध्यक्ष बराल । उनको सस्थामा पनि एक दर्जन बढि दाईजो लगाएतका घरेलु हिसाका उजुरीहरु दर्ता भएका छन । रौतहटमा रहेको आधा दर्जन महिला हिसा बिरुद्ध क्रियाशिल सस्थाहरुले अब बन्ने सबधिानमा घरेलु हिसा गराउने पिडक बिरुद्ध कडा कानुन बनाउनु पर्नेमा जोड दिएका छन । स्पष्ट कानुन तथा त्यस्को कार्यान्वयनको खाचो रहेको उनिहरुको धारणा छ ।

तराईमा केटा र केटि पक्ष बिच लेनदेनका बिषयमा अस्विकारी प्रथा ल्याउन सके यो समस्या स्वत हराउने उनिहरुको दाबि छ । बिबाहमा दाईजो नल्याएको भन्दैे जिल्ला भित्र कुटपिट,यातना र सम्बन्ध बिच्छेदको घट्नाको बढे्दो छ । पछिल्लो महिनामा मात्र दाईजाको निहुमा आधा दर्जन बढि कुटपिट, यातना र सम्बन्ध बिच्छेदको घट्ना भएका छन । ति घट्नामा सलग्न कसैलाई पनि प्रहरीले पक्रेर कारबाही गरेको छैन । उक्त घट्नाले तराईका जिल्लाहरुमा दाईजो प्रथा बिद्यमान रहेको शंकेत गरेको छ ।

दुई महिना अघि सदरमुकाम गौर–३ का उदयप्रताप साहले २५ बर्षीया श्रीमती संगीता देबी बिबाहमा मनग्गे जाईजो नल्याएको र अनुहार राम्रो नभएको भन्दै दुर्ई बर्ष देखि घरमा थुनेर यातना दिए । दाईजाको निहुमा श्रीमान साह, ससुरा विश्वनाथ साह, सासु श्रीपतीया देबी, देवर विजय साह, नन्द सुनिता देवी र नन्दको छोरा विवेक साहले लामो समय देखी यातना दिदै निर्घात कुटपिट गरेर घरमा बन्दि बनाई राखेको संगीताले प्रहरीलाई जानकारी गराए पनि पछि घट्ना प्रहरी कार्यालयमा समान्य मिलापत्रको रुपमा टून्गिएको थियो । यता सन्तपुर गाबिस–५ का चिरन्जीबि नाथ तिमल्सिनाले मकबानपुर हटिया –७ कि २२ बर्षिय गौरी चौलागाईको दाईजोको निहुमा काभ्रेमा हत्या गरेका केटिका अभिभाबकले आरोप लगाएका छन । बिबाह भएकोमा एक महिना नबित्दै चिरन्जिबिले गौरीको धारीलो हतियारले घाटी रेटि हत्या गरेका थिए । तिमल्सिना काभे्र खोपासी प्रहरी चौकीका ( इन्चार्ज ) प्रहरी सहायक निरीक्षक पदमा कार्यरत थिए भने गौरी अनमी गरि काठमाण्डौ स्थित एक र्शिंग होममा कार्यरत थिईन । बिबाह भएको एक महिना पनि नबित्दै छोरीको हत्या भए पछि आक्रोसित मृतकका परिबारजनले केटापक्षलाई बिबाहमा दिएको दाईजो फिर्ता लगे । केटि पक्षले दाईजाको निहुमा छोरीके हत्या भएको दाबि गरे पनि केटा पक्षले भने ठाडो अस्विकार गरेको छ । सग्रामपुर गाबिस–८ पर्सा टोलकि रिता देबीले दाईजाको निहुमा मानसिक यातनाको शिकार बने पछि अदालतमा सम्बन्ध बिच्छेद गराएकि थिईन ।

नेपाली जनताले यो देशमा आमुल परिबर्तन चाहेको निकै लामो समय भईसकेको छ । राणकालीन शासन, प्रजातन्त्र, राजतन्त्र हुदै लोकतान्त्रीक गणतन्त्र सम्म आई पुग्दा मुलुकको शासकिय ब्यबस्थामा खासै परिबर्तन नाएकाले जनताको भावनामा निरास छाउनु स्वभाबिकै हो । मुलुकले ६÷६ वटा सबिधानको भार बोकि सकेको अबस्थामा अब बन्न लागेको सबिधान महिलाको हितमा हुनु पर्ने आबाज महिलाबादी सघ सस्थाहरुले उठाएका छन । सबैधानिक समितिका सयोजक माधबकुमार नेपालले अब बन्ने सबधिान सबैका लागी राम्रो र हितमा हुने दाबि गर्छन । उनको भनाई र गराईको सत्यतामा कतिको फरक पर्छ त्यो सबधिान बन्ने चुनौतीमा भर पर्छ ।

…उक्त घट्नाले तराईका जिल्लाहरुमा दाईजो प्रथा बिद्यमान रहेको शंकेत गरेको छ ।

दाईजोको निहुमा महिला माथि हुने गरेको हिसा रोक्न महिला मात्र जागरुक भए र पग्दैन । त्यसका लागी पुरुषको पनि सहयोग एथेष्ट चाहिन्छ । जो पिडित महिला कै परिबार भित्र तथा समाजमा बस्छन । तराईका महिलाहरु अझै पनि आफुहरु माथि हुन गरेका अन्यायका बिरुद्ध आबाज उठाउने शाहस गर्दैनन । यहि कमजोररीको फाईदा उठाउदै पिडकहरु अझ थप यातना दिन हौसिन्छन । कानुनी रुपमा पनि सुरक्षानिकायमा उनिहरु बिरुद्ध ठोस कारबाही नहुनाले पनि पिडकको मनोबल घरेलु हिसा तिर उन्मुख हुने गरेको छ । तराईका बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी लगाएतका जिल्लाहरुमा दाईजाको निहुमा बिभिन्न खाले घरेलु हिसा सहदै बिक्षिप्ति मानसिकतामा बाच्दै आईरहेका महिलाहरु प्रसस्तै भेटिन्छन । यो प्रथाको अन्त्य हुनु नसक्नु नराम्रो पक्ष हो ।समाजमा यस्ता खाले घट्नाहरु पटक पटक दोहोरिरहनु महिला हिसा बिरुद्धमा दहे कानुन बन्न नसक्नु, अपराधि सजिलै उम्कनु, वा हिसाको अपराधमा यथेष्ट सजाय नपाउनु दाईजो र घरेलु हिसा सम्बन्धि कानुन फितलो हुनु वा महिलाहरुमा चेतनाको कमि हुनुले पनि समाजीक परबेशमा दाईजो प्रथाको अन्त्य हुन चुनौती बनेको छ । मुलुकमा राजनिति परिबर्तन सगै महिलाहरुको चेतनास्तरमा समेत परिबर्तनको खाचो भएको छ । महिलाका अधिकारका बारेमा ग्रामिण भेगमा युद्ध गदै आएकि लक्ष्मि बरालको धारणा यस्तो छ दाईजोको निहुमा हुने बिभिन्न खाले हिसा बिरुद्ध नेपाली नारीहरुले सर्घर्ष उठान गरी सकेका छन ।

तराईमा बिद्यमान दाईजो प्रथाको अन्त्य जरुरी भएको जनज्योती बहुमुखी क्याम्पसका प्रमुख योगेन्द्रप्रसादको धारणा छ । यो प्रथाले महिलाहरुको जीवनभर तनाबको अबस्था सिर्जित हुने उनको भनाई छ । त्यसैले पनि होला तराई समुदायमा छोरीको जन्म हुना साथ परिबारमा सोचे जस्तो खुशीयाली हुदैन जपित छोराको जन्ममा भोजभतेर र उत्सबको रुपमा मनाउने गर्छन । राज्य पुनर्संरचना र नया नेपालको ढाचामा जादै छ । मौलिक अधिकारहरुको पहिचान तथा छनौट गर्ने सम्बन्धमा सर्ब प्रथम मसाजको अबस्यक्ता र चाहना दुबैलाई मनन गर्नु जरुरी छ । चाहे त्यो महिलाका बारेमा हुने हिसा होस वा अन्य । दण्डहिनताको अन्त्य गरी मुलुकमा शासकिय ब्यबस्थालाई सरल र सबल बनाउन सके सबै प्रकारका समस्याको अन्त्य हुने छ । भाषणमा मात्र समस्याको अन्त्य गरेको भनाईलाई सार्थक मान्न सकिन्न चाहे त्यो प्रधानमन्त्रीको भनाई होस या मन्त्रीहरु कै । जनताले कानुनको कार्यान्वानयन चाहेको छ ।

शिव पुरी
रौतहट

Published by Everest Uncensored (EU) in collaboration with Projects Aimed At Literacy and Awareness (PAILA).

अबको संविधानमा यसो चाहन्छन तेश्रो लिंगीहरु was last modified: June 17th, 2009 by Administrator
 

Blog Comments

Post Your Comments:

Your email address will not be published. Required fields are marked *