Top Stories

Indra Dhoj Kshetri

HIKE

ज़नमोर्चा नेपाल फेरि बिभाजित


नेपालि कम्युनिष्ट आन्दोलनका प्रखर दार्शनिक नेता मनिने मोहन बिक्रम सिंहको पार्टि चार चिरामा बिभाजित भएको छ । लामो समयदेखि आन्तरिक बिबाद झेल्दै आइरहेको जनमोर्चा नेपाल औपचारिक रुपमै बिभाजनको संघारमा आइपुगेको हो । नेकपा एकताकेन्द्र र नेकपा मसालबिच 2058 सालमा पार्टि एकिकरण हुदा तिनका चुनाबि मोर्चाहरु क़्रमश सम्युक्त ज़नमोर्चा र रास्ट्रिय ज़नमोर्चा मिलेर ज़नमोर्चा नेपालको निर्माण भएको थियो । माओबादिलाइ हेर्ने द्रिश्टिकोणमा भिन्नता रहेका बखतनै एकिकरण भएको सो पर्टिमा सो अंतर्बिरोध पछिल्लो समयमा चर्किएको थियो । सो अंतर्बिरोध संगसंगै प्रतिगमन बिरोधि आन्दोलनका बखत अन्य छ दलसंग मिलेर जाने वा पार्टिले आफ्नै आन्दोलन गर्ने भन्ने सवालमा पनि पर्टिभित्र बिभाजन देखिएको थियो । पुर्ब एकताकेन्द्र पक्षका अमिक शेरचन र प्रकाशले माओबादिसंग आठ बुदे सहमति गर्न महत्त्वपुर्ण भुमिका ख़ेलेपछि स्पश्टरुपमा पुर्ब मसाल पक्षिय मोहनबिक्रम पक्षले तेसका बिरुद्ध बिद्रोह गरेको थियो । ज़नआन्दोलन सफल भैसकेपछि सरकारमा सामेल हुने वा नहुने भन्ने सवालमा पनि दुइ गुटबिच मतभिन्नता आएको थियो । अमिक शेरचन सरकारमा जाने र परि थापालाइ सँसदिय दलको नेता चुनिएपछि मोहन बिक्रम पक्षले बुटवलमा एक भेला गरि ज़नमोर्चा नेपालका अध्यक्ष अमिक शेरचन र सँसदिय दलका नेता परि थापालाइ हटाएर दुबै जिम्मेवारि चित्र बहादुर क़ेसिलाइ दिने निर्णय गरेको थियो ।

दुबै धारबाट असंतुश्ट पक्षले आफु नै सक्कलि जनमोर्चा नेपाल रहेको दाबि गर्दै काठ्माण्डुमा बुधबारदेखि बिशेष भेला गरिरहेका छन । सम्भबतः भोलिसम्ममा नयाँ नेत्रित्व चयन गर्ने जनाइएको छ । तेस्रो धारका एक नेता भन्छन- मोहन बिक्रम र प्रकाश पक्षले आ आफ्नो पुरानो रास्ट्रिय र सम्युक्त जनमोर्चा नाम लिएर नहिँडि सुखै छैन । अनि असलि जनमोर्चा त हामि नै हुंछौँ । जनमोर्चा नेपालको नेतृत्वमा परि थापा र चित्रबहादुर आलेमगरको नाम प्रमुख रुपमा लिइएको छ ।
सोहि पर्टिबाट असन्तुष्ट अर्को समुहले भने नेकपा 2006 नामक पार्टि गठन गरिसकेको छ ।
भारत पनि बिभजित मोहन बिक्रम पक्षिय जनमोर्चाको पकड मनिएको मूलप्रबह अखिल भारत नेपालि एकता समाज पनि बिभाजित भएको छ । सो पार्टिलाइ आर्थिक स्रोत जुटाउने र नैतिक रुपमा समर्थन गर्ने दर्र्हो संजालको रुपमा रहेको समाज पनि बिभाजित भएपछि मोहन बिक्रम पक्षलाइ ठुलो धक्कलाग्ने बिश्लेशण जानकारहरुको रहेको छ । नवगठित भारत नेपालि एकता समाजका अध्यक्ष प्रेम पौडेल भंछन अहिलेसम्म मोहनबिक्रम समुहले हमिहरुलाइ मागिखाने भाँडो बाहेक केहि बनाएन । अब आउने जनमोर्चा नेपाल्को नेत्रित्वले हामि भारत्म लट्ठि बजार्ने चौकिदारहरुका समस्याहरु पनि सुन्नुपर्छ । आवाज उठाइदिनुपर्दछ । केहि समयभित्रै भारतका वटै शाखाहरुमा आफुहरुले पक्कड जमौने दबि पनि पौदेल्को रहेको छ ।
सारमा भन्दा सैद्धांतिक मतभेद भन्दा पनि मोहन बिक्रमको नेत्रित्व शैलिसंग चित्त नबुझेर बिद्रोह गर्नेहरुको संख्या बढ्दो छ । स्मरणिय छ प्रचण्डहरुले पनि 2042 सालमा मोहन बिक्रमबाट टुक़्रिएर गएका थिए । त्यसैगरि नेपालि कम्युनिष्ट आन्दोलनका थुप्रै महारथिहरु मोहन बिक्रमकै चेलाहरु रहेको परिप्रेक्ष्यमा उनको पार्टि भने माथि नजानुमा उनको पार्टि संचालन शैलिलाइ दोष दिनेहरु धेरै रहेका छन ।
(तस्बिर: इन्द्रध्वज क्षेत्रि)