511 HIKES and counting

Top Stories

Dovan Rai

HIKE

हाइ हिल जुत्ता र सौन्दर्य राजनीति

सुन्दर युवती हेर्न कसलाइ मन लाग्दैन र ?

सुन्दर पहिरन र शृङ्गारमा सजि“दै मिस नेपालजस्ता सौर्न्दर्य प्रतियोगितामा सामेल युवतीलाई म अभिरुचिस“ग नियाल्छु । प्रतियोगितामा म मात्र दर्शक हुनसक्छु, प्रतियोगी होइन । मेरा कुरा छोड्दिनुस्, हाम्रा चर्चित नायिका रेखा थापा र निरुता सिंह पनि भाग लिन चाहिने योग्यता -उचाइ ५ फिट ४ इन्च) पूरा गर्दैनन् । सायद नेपालका ५० प्रतिशतभन्दा बढी युवती यो मापदण्डभन्दा तल पर्छन् ।
सौर्न्दर्य सापेक्षिक कुरा हो । ठाउ“ अनि समुदायअनुसार यसको आफ्नै मापदण्ड अनि धारणा हुन्छ । …

यस्ता प्रतियोगितामा पश्चिमी मापदण्डअनुसार …नेपाली युवती ज्ाा“चिन्छ । अनि के यस पराया मापदण्डमा उनीहरू कमजोर भए भने नेपाली कुनै पश्चिमी युवतीभन्दा कम सुन्दर पुष्टि हुन्छ त – व्यक्तिगत रूपमा मलाई ढ्याङग्रे पश्चिमी युवतीभन्दा चिटिक्क परेकी एसियन युवती राम्री लाग्छे । अहिलेको मास मिडियाले स्थापित गरेको ‘अग्ली, गोरी, दुब्ली’ जस्ता सौर्न्दर्यको स्टेरियोटाइप विवादको विषय रह“दै आएको छ ।

एटलान्टिक सिटीका पर्यटन व्यवसायीले व्यापार पर््रबर्द्धननिम्ति सुरु गरेको यस्ता प्रतियोगिताको सुरुवातदेखि महिलावादीबाट चर्को विरोध हु“दैआएको छ । महिलालाई ‘यौनजन्य वस्तुका रूपमा’ प्रस्तुत गर्दै मनोरञ्जनको साधन बनाइन्छ, उपभोक्तावादको माध्यम बनाइन्छ भनेर आरोप लागेको छ । पूरा लुगा लगाएको दर्शकमाझ युवतीलाई विकनीमा डुलाएर ‘पशु बजार’ जस्तो बनाइन्छ भन्ने गरिन्छ । हाम्रै मिस नेपालमा पनि भु“डे व्यापारीले कलिला युवतीका गाला छामेर छाला निरीक्षण गरेको हर्ेदा अनि केश केलाएर टलक नियालेको देख्दा बजारमा घोर्ले खसी छानेझैं लाग्छ ।

सुन्दरी प्रतियोगिताको उद्देश्य मनोरञ्जन र व्यापार हुने गर्छ । ७० को दशकमा उठेका चर्को विरोधबाट बच्न यस्ता प्रतियोगिताले ‘ब्युटी विथ परपोज’ भनेर समाजसेवाको नारा जोड्न थालेका छन् । क्यामेरा अगाडि सुन्दर युवतीले एउटा बच्चा बोक्दैमा, एउटा वृद्धालाई अ“गालो मार्दैमा कस्तो समाजसेवा हुन्छ – सुन्दरी हुनुको यसमा के सम्बन्ध छ, म बुझ्न सक्दिन ।

गायन प्रतियोगिताको विजेताले महान गायक बन्ने लक्ष्य राख्छ, त्यस्तै मिस नेपाल जित्नेले महान कलाकार हुन्छु, चर्चित मोडेल हुन्छु, सफल भिजे हुन्छु भन्नलाई किन हिच्किचाउनुपर्‍यो – नारी सौर्न्दर्यलाई पतिको गहनाको रूपमा मात्र हर्ेर्ने परम्परागत सोच त्यागेर आफ्नो सौर्न्दर्यलाई आफ्नो नाम, सफलता अनि आम्दानीका लागि उपयोग गर्नु आफैंमा एउटा उपलब्धि हो । नारी सशक्तीकरणको एउटा खुड्किलो हो ।

राम्री बन्न आएका १८-१९ वर्षा युवतीलाई ‘मिस नेपाल भएर समाजका लागि के गर्नुभो -‘ भन्ने अनावश्यक बोझ नलगाइयोस् ताकि उनीहरूले कुनै अनाथाश्रममा दिएको ५००० चन्दाको वर्ण्र्ााराष्ट्रिय समारोहमा गर्न नपरोस् ।

सुन्दरी प्रतियोगिता पक्का पु“जीवादी कार्यक्रम हो । बजार व्यवसाय, उपभोक्तावाद यसका विशेषता हुन् । युरोप र अमेरिकामा यसको आकर्षा कम भएर गए पनि एसिया, अप्रिmका अनि ल्याटिन अमेरिकामा यसको चहलपहल बढेर आएको छ । आयोजकले आफ्नोे बजार अवसरअनुसार विजेता चुन्ने गरिन्छ भन्ने हल्ला सुनिन्छ । नवमार्क्सवादीले भन्ने गरेको पु“जीवादमा अन्तरनिहित असमान आदान-प्रदानअनुसार विश्व सुन्दरी ताजस“गै यसका आयोजकले भारतलाई राष्ट्रिय गौरव दिएका छन् भने यसको बदलामा भारतले आयोजकलाई सौर्न्दर्य प्रसाधनको विशाल बजार सुम्पेको छ । यस्ता प्रतियोगिताको माध्यमबाट सौर्न्दर्य साधनका बहुराष्ट्रिय संस्थाले बजार विस्तार गर्छन् । सतहमा हर्ेदा प्रतियोगी अनि विजेता युवती म्ाान, दाम र अरू अवसरले लाभान्वित भएको देखिए पनि गहिरिएर हर्ेदा यस्ता कार्यक्रमले गरिब अर्थतन्त्रमा अनावश्यक खर्चको भार थपेको हुन्छ । काठमाडौंमै छ्यास-छ्यास्ती प्रयोग हुने महङ्गा सौर्न्दर्य प्रसाधनले यही पुष्टि गर्छ । यिनै पु“जीवादी गुणका कारण मार्क्सवादीहरू यसको चर्को विरोधमा उत्रिएका छन् । यसको लोकप्रियता र व्यापकता यति बढेर गइसकेको छ कि चीनले पनि आफ्ना प्रतियोगी पठाउन -र प्रतियोगिताकै आयोजना गर्न) थालिसकेको छ । भिड्ने युवती राजी, आयोजक राजी, दर्शक राजी त क्या करेगा काजी ?

केटा ख्ोल्न मनपराउ“छन्, केटी शृङ्गार गर्न । त्यसैले लाग्छ कि केटाको फुटबल प्रतियोगिताजस्तै एउटा सहज कार्यक्रम हो सुन्दरी प्रतियोगिता । फुटबल खेल्दा तपाईं फर्ुर्तिलो र स्वस्थ हुनुहुन्छ भने सुन्दरताका लागि गरिने डाइटिङ अनि हाइ हिल जुत्ताले स्वास्थ्यमा प्रतिकूल असर पार्छ । एकथरी विश्लेषकको भनाइअनुसार सबै प्राणीको सम्पर्ूण्ा क्रियाकलाप विपरीत लिङ्गीलाई आकर्षा गर्न हुन्छ । महिला ब्ालियो पुरुष चाहन्छन् भने पुरुष सुन्दर महिला । त्यसैले मेरुदण्डलाई आकर्ष कभर दिने हाइ हिल लगाउनु वास्तवमा जिनको हिसाबले फाइदाजनक छ । यही सिद्धान्तअनुसार अग्लो देखिन पुरुषलाई अग्लो जुत्ता लगाउन जरुरी छैन । आखिर अग्लो पुरुष महिलालाई पनि राम्रो लाग्छ ।

मान्छे प्राणीमात्र होइन, राजनीतिक प्राणी हो । महिलावादीको विश्लेषण छ कि सौर्न्दर्यको होड महिलालाई शक्ति -सत्ता) बाट बाहिरै अल्झाउने राजनीति हो ।

नारी सौर्न्दर्यलाई यति महत्त्व दिइन्छ कि विचार, बौद्धिकता, सक्षमता, आत्मविश्वास, सिर्जनशीलताजस्ता जीवनका अरू विविध पक्ष ओझेलमा पर्छन् । छाला चम्काउन, कपाल टल्काउनमा आधा समय बित्छ भने कपाल मिलाउनमा, आ“चल सम्हाल्नमा आधा ध्यान जान्छ । सौर्न्दर्य प्रसाधन अनि गहनामा आधा लगानी खर्च हुन्छ । यी सबै कारणले गर्दा महिलाको बौद्धिक अनि व्यक्तित्वको विकासमा बाधा आउ“छ भने काममा सक्षमता र सफलताको सम्भावना न्यून हुन्छ । अझ मास मिडियाले स्थापित गरेको खोटरहित सौर्न्दर्यको अप्राप्य छविले महिलालाई झन् दुःखी र असन्तुष्ट बनाउ“छ ।

समाजको पाखण्ड प्रस्ट छ । एकातिर नारी सौर्न्दर्यलाई यति महत्त्व दिइन्छ कि यो अनिवार्यता बन्छ । अर्कोतिर महिला खालि शृङगाँर, गहना अनि लुगाजस्ता झीनामसिना कुरामा अल्मलिन्छन् भनेर अवमूल्यन गरिन्छ । म्ाहिलाको जीवनमा सौर्न्दर्यको पक्षलाई अनावश्यक जोड दिनाले उनका अरू पक्ष कमजोर हुन पुग्छन् । सबै महिलाले बुझ्नुपर्ने के छ भने सबै कुरालाई छोडेर सुन्दर हुने होडमा मात्र लाग्दा महिला सुन्दर वस्तु हुन सक्छे, तर सिर्जनशीलकर्ता हुन सक्दिन । सतही आकर्षा र क्षणिक चर्चाको केन्द्रमा रहे पनि वास्तविक शक्तिको राजनीतिक अनि सत्ताको इतिहासबाट जहिल्यै बाहिर हुनर्ुपर्छ ।

मानिस सौर्न्दर्यमा रमाउ“छ । आफू बस्ने आवास अनि प्रयोग गर्ने हरेक वस्तुलाई सुन्दर बनाउन चाहन्छ । सौर्न्दर्य उपयोगको उद्देश्य हुन्छ । फक्रेको फूल, मायालाग्दो बालक अनि भर्भराउ“दो यौवनको आफ्नै ‘र्सभाइभल’ महत्त्व हुन्छ । प्राणीजगतमा तिखो सिङ, फर्ुर्के पुच्छर, बुट्टे प्वा“खको आकर्षाको खेल देखिन्छ । कुखुरा, जरायो, मयूर, सिंहजस्ता प्रायः प्राणीहरूमा आकर्षाको होडमा भालेहरू बढी उत्सुक र आतुर देखिन्छन् । थोरै डिम्ब अनि धेरै शुक्रकिटको असमान संख्याको खेल हो भन्छन् विज्ञ । मानवमा ठीक उल्टो यस सौर्न्दर्यको दायित्व महिलामा एकतर्फी छ । ‘जतिले पनि नपुग्ने’ आधुनिकतावादको मानसिकतामा यो दायित्व असन्तुलित भार भएको छ । अझ बहुराष्ट्रिय कम्पनीको खेल र मास मिडियाको चुरीफुरीले सौर्न्दर्यको होड एउटा बढ्दो ‘अबसेसन’ भएको छ । सौर्न्दर्यबाट विपरीत लिङ्ग आकर्षा गर्न खोज्नु प्राकृतिक भए पनि कृत्रिमताको भार र महिलामाथिको एकतर्फी मार मानवनिर्मित राजनीति हो । यही आधुनिक समाजका निकै लोकप्रिय तर विवादास्पद उपज हुन्, सौन्दय प्रतियोगिता र हाइ हिल जुत्ता ।

वैचारिक रूपमा हर्ेर्ने हो भने यो सा“च्चै महिलालाई दमन गर्ने माध्यम हो । हाइ हिल लगाउ“दा निकै असजिलो हुन्छ, प्रत्येक पाइलामा होश पुर्‍याउनुपर्दा ध्यान विकेन्द्रीकृत हुन्छ । खुट्टा अनि ढाडको समस्या आउ“छ । सौर्न्दर्यका नाममा यो महिलामाथि हुने आधुनिक हिंसा हो । अर्काथरी महिलावादी यसलाई भिन्नै तरिकाले व्याख्या गर्छन् । पुरुषबाट परिभाषित नैतिकता नाघेर आफ्नो शरीर अनि सौर्न्दर्यलाई आफ्नो हितका लागि प्रयोग गर्नुपर्छ, हाइ हिल लगाएर तपाईं आफूलाई बढी सुन्दर, आकर्ष अनि प्रभावशाली महसुस गर्नुहुन्छ भने मज्जाले लगाउनर्ुपर्छ भन्छन् । वैचारिक विवाद जति भए पनि यसको विस्तार अनि लोकप्रियता फैल“दो छ । यो यति सहज अनि व्यापक भएको छ, विरोध आफैंमा निरीह र निर्रथक लाग्छ ।

मेरो दराजमा पनि एक जोर हाइ हिल्स छ | मेरो मनमा यस्ता दुबिधा आउनेगर्छ प्रत्येक चोटि म यसलाई पहिरिंछु |

Published in The kantipur Daily on 28 April 2007.
http://www.kantipuronline.com/kolnepalinews.php?nid=107978