Top Stories

devendra

HIKE

शान्ति सम्झौता-हाम्रो चमत्कार

सात राजनीतिक दल र नेकपा माओवादीबीच विगतमा भएका सहमति, समझदारीहरूका आधरमा मंसिर ५ गते सरकार र माओवादीबीच ऐतिहासिक विस्तृत शान्ति सम्झौता सम्पन्न भयो । राजधानीस्थित वीरेन्द्र अन्तर्रर्ााट्रय सम्मेलन केन्द्रमा आयोजित विशिष्ट समारोहमा राज्यका तर्फाट प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र व्रि्रोही माओवादीका तर्फाट प्रचण्डले सम्झौतामा हस्ताक्षर गर्नुभयो । यही सम्झौताले एक दशक लामो माओवादी सशस्त्र व्रि्रोहको विधिवत् अन्त्य भयो । हतियारको राजनीतिको अवसानसँगै जनताले दिगो शान्तिको आशादिप प्रज्ज्वलन गरे ।

नेपालको इतिहासमा तेस्रो ठूलो युद्ध थियो- माओवादी जनयुद्ध नेपालको एकीकरणताकाको युद्ध, २००७ को राणाशासन विरोधी युद्ध र १० वर्षो जनयुद्ध । आधुनिक प्रतिस्पर्धामा विश्व अगाडि बढिरहेको बेला हामीकहाँ राजनीतिक कारणले भएको दश वर्षो आन्तरिक युद्ध विगतका दुई युद्धभन्दा आम जनताका लागि बढी नै पीडादायी बन्यो । मंसिर ५ गते दुवै पक्षले यो युद्धको समाप्ति भएको घोषणा गरेपछि नेपाल शान्तिपूर्ण प्रवेश गरेको विश्वास धेरैमा छ । स्वदेशी-विदेशी प्रतिनिधिहरू साक्षी राखेर सम्झौतामा हस्ताक्षर गरेपछि विश्वास सबैमा जागेको छ । कमसेकम नेकपा माओवादीका नाममा वा तिनले अगाडि सारेका आधारहरूकै भरमा त्यस्तो सशस्त्र युद्ध वा व्रि्रोह अब हुनेछैन । व्रि्रोही माओवादी-चिन्तनको अवसान भयो, माओवादीहरू अब राज्यसञ्चालन र विकास निर्माणमा अरु दलसँगै साझेदार-सहकर्मी बनेका छन् । यो खुशीको कुरा हो ।
यो स्तम्भकारले यहाँ मंसिर ५ को ऐतिहासिक शान्ति सम्झौताको व्याख्या विश्लेषण गर्न चाहेको छैन, मात्र त्यो ऐतिहासिक समारोहको विवेचना गर्न खोजेको छ । निश्चय नै विश्वलाई नै चकित पारेको नेपालको राजनीतिक आन्दोलन र त्यसको एउटा महत्वपूर्ण पाटोको रुपमा रहेको विस्तृत शान्ति सम्झौता गर्ने अवसर ऐतिहासिक, औपचारिक र सदा स्मरणीय रहन्छ । विश्वले नै पाठ सिक्ने शान्ति समारोहको दृश्य हर्ेदा भने हामी नेपालीको टालटुले, डाङडुङ्गे पारा नै देखियो । विदेशी द्वन्द्वविद् भन्नेहरूले नेपालीलाई सिकाएका सिद्धान्त र प्रक्रियाका अनुभव अनुरुप यहाँ केही भएन ।

समारोहको प्रत्यक्ष प्रशारण टेलिभिजन च्यानलहरूले गरेका थिए । स्तम्भकारले प्रत्यक्ष प्रशारण नै हर्ेन पाएको हो । हस्ताक्षर समारोहमा सात दलमध्ये छ दलका नेता र माओवादी अध्यक्ष अगाडि बसे, दोस्रो र तेस्रो लहरमा मन्त्रीगण-माओवादी नेताहरू, वार्ता प्रक्रियाका पर्यवेक्षकहरू र संयुक्त राष्ट्रसंघीय महासचिवका स्वकीय प्रतिनिधि इयान मार्टिनलाई राखियो । त्यसक्रममा, कतिपय भूइँफुट्टाहरूलाई मानसिक आघात नै परे होला तर यो स्तम्भकारको छाती चाहिं ठूलो भयो किनभने माओवादी नेताहरूको लहरमा शक्ति लम्सालको नाम आयो । जमानादेखि नै ‘नेपालपोष्ट’ का सहयोगी शक्तिजी वृद्ध हुनुहुन्छ । खुल्लै रहेर, माओवादी नेताका रुपमा नचिनिएर पनि शाही शासनका बेला उहाँ निकै दवावमा पर्नुभयो तर पनि उहाँ कहिल्यै विचलित हुनुभएन । उहाँले ठूलो जमातलाई वैचारिक नेतृत्व दिइरहनुभयो । अप्ठ्यारो बेलामा पनि शक्तिजी र यो स्तम्भकारको सम्बन्ध टुटेन, निरन्तर जारी रहृयो । यी कपाल फुलेका पत्रकार सहकर्मी मित्र जब ऐतिहासिक समारोहमा माओवादी नेताको हैसियतमा माकल टोपी लगाएर मञ्चमा पुग्नुभयो, तब स्तम्भकारले पुनःस्मरण गर्यो- कसैको विचार मार्न सकिन्न, मार्ने प्रयत्न गर्नुहुँदैन ।

कमजोर मानसिकताहरूले ठान्नुहोला- यसले शक्ति लम्सालको चाकडी गर्यो ! चाकडी गर्नु त प्रचण्ड, बाबुरामकै गर्नु नि ! माफ गर्नुस् मित्र । यो स्तम्भकार सत्ता-शक्तिको पुजारी भएका भए, हिजोका गिरिजा अनि ‘देदीप्यवान महाराज’ ज्ञानेन्द्र र प्रचण्डकै स्तुति गाउँथ्यो ! लाभ पनि पाउँथ्यो होला । तर, आँखा चिम्लेर स्तुतिगानमा लागिएन, त्यसैले त स्तुतिगायक राजावादी-खाजावादी-माओवादी कसैको पनि ‘पकेट’को हुन सकिएन । यसैमा आत्मसन्तुष्टि छ । यो आत्मगौरव शायद शक्ति लम्सालले महसुस गर्नुहुन्छ ! त्यसैले दाँत-कपाल पाकेका शक्ति शालिन पारामा मञ्चमा देख्दा यो स्तम्भकारको छाती ठूलो भएको हो । फेरि पनि भन्छु- शक्ति लम्साल जस्ता इमानदार, फुलेका बुढालाई कुनै शक्तिशाली पदमा पुर्याइने छैनन्, तिनले अरुको ‘उद्दार’ गर्ने अवसर पाउने छैनन् । यो त तपाईं हामीले बुझेकै कुरा हो ।

विस्तृत शान्ति सम्झौता हस्ताक्षर समारोहका सञ्चालक सरकारी वार्ता टोलीका सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रदिप ज्ञवाली हुनुहुन्थ्यो । केही रात-दिनदेखिको व्यस्तताका कारण पनि कार्यक्रम सञ्चालन गर्दा मन्त्रीबाट मञ्चमा राखिने व्यक्तित्वहरू बोलाउने क्रममा केही त्रुटि भयो, जब कि औपचारिक कार्यक्रम शुरु नहुँदै उहाँले नै कुर्ची गन्नुभएको थियो । आसन ग्रहणका लागि उहाँले व्यक्तित्वहरूको नाम लिँदै जाँदा नेपाली कांग्रेसका महामन्त्री रामचन्द्र पौडेलको ओठ तालु सुक्यो, ज्यान हल्लियो । आफू मञ्चमा बस्न पाउने हो कि नपाउने हो भन्ने त्रासदिमा उहाँको अस्थिरता प्रदर्शित भयो । त्यस्तै वार्ता-प्रक्रियाका पर्यवेक्षकहरूमा मञ्च-आसन जमाउन पाउने नपाउने छटपटी भयो । उद्घोषक-मन्त्रीले रामचन्द्रलाई सरकारी शान्ति समितिका संयोजक भनी बोलाइयो र ‘मानवअधिकारवादी’ हरूलाई पर्यवेक्षकका हैसियतमा आसन ग्रहणका लागि केही बेरमा निम्ता दिएपछि दौडदै गएको देखियो ! वाह, उहाँहरूको आसनप्रेम, प्रचारप्रेम ! दर्शकलाई रमाइलै लाग्यो ।

टेलिभिजन दृश्यमैं देखियो बृद्ध र अस्वस्थ्य प्रधानमन्त्री गिरिजाको फुलेको (सुन्निएको !) अनुहार, नेकपा एमालेका महासचिव माधवकुमार नेपालको ठुस्स परेको अनुहार र नेका -प्रजातान्त्रिक)का सभापति शेरबहादुर देउवाको रसिला आँखासहितको अनुहार ! हस्ताक्षरपछि बोल्नुभयो- प्रधानमन्त्री कोइराला र व्रि्रोही नेता प्रचण्ड । एघार वर्षअघि प्रतिस्पर्धात्मक बहुदलीय संसदीय व्यवस्था तिरस्कार गरेर रगतको खोलो बगाएपछि आज त्यही पद्दती स्वीकार्न सहमत प्रचण्डले बडो शालिन पारामा बोल्नुभयो । केहीको विश्लेषणमा प्रचण्डले भोगाइ र कल्पनाको खिचडी भाषणमा विगतका ‘नोकर’, ‘दलाल’, ‘महाशत्रु’ गिरिजालाई ‘सम्माननीय’ भनेर सम्बोधन गर्नुभयो । उहाँले लामो समय जंगलमा बसेको प्रवृति पटक्कै देखाउनुभएन । तर सम्माननीय प्रधानमन्त्री गिरिजाले आफ्नो पालोमा कूटनीतिक पाराले प्रचण्डलाई बडेमानको जुँगासहितको भूतजस्तो देखाइने गरेको, आफूले राजनीतिक जीवन दाउमा राखेर त्यही भूतसँग वार्ता गरेको र अब प्रचण्डले विश्वका आतंककारीहरूलाई पनि आतङ्कले सफलता प्राप्त हुँदैन भन्ने सन्देश दिनुहुनेछ भन्नुभयो । अर्थात प्रचण्डलाई गिरिजाले अझै आतङ्ककारीकै रुपमा चित्रित गर्नुभयो । कोइरालाले यस्तो चित्रण गर्दा प्रचण्डले ‘स्प्रिङ्ग’जस्तो ढाडसहितको शरीर लच्काएर मुस्कुराउनु भयो अनि गम्भीर बन्नुभयो ।

विगतमा माओवादी लडाकु र सुरक्षाफौजको प्रत्यक्ष भिडन्तको दृश्य देखिएको निहुँमा नेपालको राज्यबाट अवरोध सामना गरेको भारतीय टेलिभिजन प्रशारण संस्था ‘नेपाल-वान’ ले नेपालको विस्तृत शान्ति सम्झौताको पर्सिपल्ट पाँचतारे होटल याक एण्ड यतीमा वाषिर्कोत्सव समारोह आयोजना गर्यो । साँझको भोजसहित आयोजित समारोहमा उक्त टेलिभिजनकी सञ्चालिका तथा भारतीय नेतृ नलिनी सिंहले नेपाली भाषामा बोल्दा हरेक औपचारिक समारोहमा हिन्दीमा भाषण गर्नुहुने नेपालका उद्योग, बाणिज्य तथा आपर्ूर्तिमन्त्री हृदयेश त्रिपाठी दङ्गदास परेको अवस्थामा देखिनुहुन्थ्यो । त्यो समारोहमा यो स्तम्भकार, वामनेता विष्णुबहादुर मानन्धर र उहाँकै पार्टिका नयाँ प्रमुख चन्द्रदेव जोशीसँगै गयो । जोशीजी २०४१ को वमकाण्डको बेला काठमाडौंको डीएसपी खोरका साथी भएकोले हिमचिम भैहाल्यो । सोधेँ- अब अन्तरिम सरकारको मन्त्री बन्नुहुन्छ होला नि त – उहाँको जवाफ आयो- कांग्रेस र माओवादी अर्थात् दुइ ठूला पार्टी मिलेर नेकपा एमालेजस्तो ठूलो पार्टी त तर्सिरहेका छन् भने हामी साना पार्टी त निगाहमा भाग पाउने हो !

हुन पनि शान्ति सम्झौता समारोहमा नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छे मञ्चमा नदेखिनुमा साँझ ६ः०० बजेपछि मात्र थाहा पाउनु तथा एमालेका महासचिवले समेत ‘साक्षी बस्न आउनुपर्यो -‘ भन्नेसम्मको जवाफ दिनुपरेको र्सार्वजनिक भयो । यस्तो व्यवस्थापकीय असक्षमता अदक्षता जारी रहृयो भने, हामीले विश्वलाई अर्को चमत्कार देखाउन बेर लाग्दैन है !