Top Stories

saurav

HIKE

म ब्याजको अन्तहिन पर्खाइमा सावाँहरु खर्चिरहेछु।

सानै देखि प्राथमिक स्कुलमा घोक्न थालियो, ‘दुई-दुना-चार’ देखी ‘सत्र-दुना-चौतिस’ सम्म। राम्रा अंकहरु आए। माद्यामिक बिद्यालयमा अरु धेरै घोकियो, ‘अर्घाखाँची-सन्धिखर्क’ देखी ‘जिम्बाब्बे-हरारे’ सम्म। राम्रा स्रेणीहरु मिले। तथाकथित सफलताहरु। क्याम्पस गएं, घोकें। संगै बसेर घोक्ने दौतरिहरु भिन्न थिए। ठाउँ भिन्न थियो। पहिले सानो कोठा, गाउंको, टुकिको उज्यालो, कहिलेकाही दाई नहुँदा लाल्टिन। अहिले ठुलो कोठा, शहरको, बिजुली बत्त्तीको उज्यालो। घोकाइ आझै ससक्त बन्यो, राम्रा भनिएका अंक तालिकाहरु थपिए। धेरै प्रबेस पारीक्ष्याहरुमा घोकें, पाटन क्याम्पस देखी पुल्चोक हुँदै पिपल्स सम्म। छनौट तालिकामा अग्र पंतिमा नाम्हरु देखिए। विश्वाबिद्यालयमा पुन: घोकें। घोक्ने तरिका फरक भयो होला। प्रक्रिती फरक भयो होला। बिषयबस्तु फरक भए होलान। तर काम उही थियो। घोक्नु।

यी प्रत्यक घोकाइहरुमा मैले मेरा बर्सौं सम्मका अमुल्य समयहरु खर्च गरें, मेरो बाबाका बर्शौं सम्मका पसिनाहरु पनि। आखिर के पाएं? म जहाँ छु – के मैले मेरो बाबाको दैनिकिमा अलिकता पनि परिवर्तन दिलाउन सकें? यि मेरा भनिएका सफलताहरुले के अलिकती पनि मेरो गाउँ र मेरो घरको जीवनचर्यामा परिवर्तन धकेल्न सके? आखिर यि घोक्नुहरुका उपलब्धिहरु के? के म नघोक्नेहरु भन्दा एक औंश पनि बुध्धिमान भएं?

अबत अझ बढेमानको घोकाइ सुरु गरेको छु। बिदेशमा। के यो बिदेशी घोकाइले कुनै जादु गरिदेला? के आफ्ना सम्पूर्ण जवानीहरु खर्चेर स्वदेशमा घोक्दा नमिलेको कुनै अद्भुउत सफलता यो अंग्रेजी मिसिएको घोकाइले बोलाइदेला? के मेरा घोक्नु प्रतिका लगानिहरुको प्रतिफल नजिकिदैछ? मलाई विश्वाश छैन। यि म जे गरिरहेछु, जसरी घोक्नुमा लगानी गरिरहेछु, मेरो अ-मुल्य जीवनका अतुलनिय टुक्राहरु खर्च मात्रा गरिरहेछु, फेरी कहिल्यै उकास्न नसक्ने गरी। मलाई विश्वाश छैन, कुनै पनि हालतमा म मेरा अ-मुल्य लगानिहरुका ब्याज मात्रै पनि फर्काउन सक्ने छु।

अर्थशास्त्र भए ‘sensitivity analysis’ गर्थें होला, ‘break-even’ गर्थें होला, सावाँहरु, ब्याजहरु र नाफा-घाटाहरुमा घोत्लेर मात्रै निर्णय गर्थें होला, लगानिको। तर यो जीवन हो। काठमान्डौ हेटौंडा सुरुंगमार्ग हैन। त्यसैले म ब्याजको अन्त्यहिन पर्खाइमा सावाँहरु खर्चिरहेछु, निरन्तर- निरन्तर।

 
Oct,9,2003
 
Written By- Manoj Karki

One thought on “म ब्याजको अन्तहिन पर्खाइमा सावाँहरु खर्चिरहेछु।

  1. मनोज दाई, मनको कुना कुना चहार्ने तपाईका यि जायज प्रश्नहरुमाथि म पनि घोत्लीरहेको छु। btw, all the best for your upcoming PhD dissertation! 🙂

Leave a Reply

Your email address will not be published. Required fields are marked *