Top Stories

mathura

HIKE

बर्तमान परिप्रेक्ष्यमा सार्थक एवं दीगो शान्तिका लागि सहकार्य

आठ् दलबिच राजनैतिक सहमति भैसकेको अवस्थामा नेपाल सरकार र ने.क.पा. (माओबादी) बीच संपन्न हुन गैरहेको वृहत राष्टिय शान्ति सम्झौताको पूर्व दिवसको अवसरमा शान्तिका लागि सहकार्य सजिलो हुने धेरैका अपेक्षा स्वाभाबिक नै छ । तर साथसाथै सम्पूर्ण जागरुक लोक, राजनैतिक पार्टी ब्यक्तित्व, नागरिक समाज, मानवअधिकार रक्षक, संचार-संजाल, युवा बिद्यार्थि, मजदुर किसान, पेशागत संगठन, राष्ट्रसेवक एवं सम्पूर्ण राज्यसंयन्त्रहरूका निमित्त भने झन् चनाखो, झन् सशक्त र अझ बढी प्रतिबद्ध भएर शान्तिका लागि सहकार्यमा लागि परिरहनु अपरिहार्य भएकोछ । शान्ति कुनै पनि बेला र स्थानमा स्वतः उपज हुने र रहीरहने बस्तु होईन, नीरपेक्ष पनि होईन । बहुसंख्यक लोक र मानवसमाजले विद्यमान द्वन्द्व अन्तरद्वन्द्वहरूलाई सार्थकएवं दीगो शान्तिमा समग्र रुपान्तरण गर्न सुसूचित निर्णयगरी राजनैतिक तथा सामाजिक प्रतिबद्धतासाथ मन, वचन र कर्मले गरिने सकृय सहकार्यबाट आउने माहोल भने पक्कै हो । तसर्थ सार्थकएवं दीगो शान्तिका लागि हामि सबै सरोकारवालाहरू निम्न पाँच कुराहरूमा एकजुट भएर सहकार्य गरी रहनुनै परेकोछ ।

(१) महासचिब गौरी प्रधानको प्रतिबेदनमा उल्लेख भएका सबै पक्ष र सरोकाकरवालाहरूमा, खासगरी सबै क्षेत्र र संस्कृतिका जनताहरूमा, सहभागिमूलक सुसूचित संबादहरूलाई निरन्तरता दिन सबै क्षेत्रका गाउँ बेसी सहर बस्ने सबै संस्कृति र तप्काका जनताहरू (आदीवाशी, जनजाती, महिला, हिमालबाशी, मधेशी, दलीत, अपाङ्ग, उपेक्षीत गरिब लगाएतका भावना, अवस्था, आवस्यकता र समस्याहरू, अग्रगमनका संभावना र अवसरहरू, द्वन्द्वका जड कारणहरू, द्वन्द्व छिप्पिंदै जांदा उब्जिएका असरहरू, राष्ट्रीय र अन्तराष्ट्रीय चासो एवं अग्र दिशाका उदाहरणहरू, सहमतिमा पुग्न सक्ने बुंदाहरू, द्वन्द्व रूपान्तरणका लागि अपरिहार्य राजनैतिक, सामाजिक, सांस्कृतिक र आर्थिक अग्रगमनका विषय बस्तुहरूका समग्रतामा अध्ययन अनुसन्धान गर्दै, आवस्यक एवं उपयुक्त सूचना र बौधिक एवं संचार श्रोतहरू संकलन, समायोजन र संप्रेषण गर्दै, समाधान र परिणाममूखी उपाय, रणनीति, बिकल्प र निकाशका सहभागितामूलक बहस र अन्तरकृयाका माध्यम बाट खोज र बिवेचना गर्दै तथा प्रत्यक्ष अन्तरकृया र सहकार्यका लागि उपयुक्त बिधीहरूका पैरबी गर्दै द्वन्द्वलाई सार्थकएवं दीगो शान्तिमा रूपान्तरण गर्न यो संस्था र हामी सबै निरन्तर लागि रहनु परेकै छ । पक्षपक्ष बिच, जनताजनता बिच र संस्कृतिसंस्कृति बिच हुने सुसूचित संबादनै द्वन्द्व रूपान्तरणका पहिलो र भरपर्दो उपाय हो । निर्वाचित कार्यसमितिका सबै सदस्यहरूमा यस महान कार्यमा सफलता मिलोस भन्ने कामना साथ बधाई दिन्छु ।

(२) सबै सरोकारवालाहरूमा खासगरी जनतामा, त्यसमा पनि आदीवाशी, जनजाती, महिला, मधेशी, हिमालबाशी, दलीत, अपाङ्ग, उपेक्षीत गरिब सबैमा, उपयुक्त माध्यम र कार्यक्षेत्रहरूलाई निरन्तरता दिंदै सुसूचित निर्णय गराउन यस संस्थाले सहजकर्ता र उत्प्रेरकका भूमिका खेल्न पनि झन् सशक्त भएर लाग्नु दोश्रो महत्वपूर्ण दायीत्व हो । जनता बाट सिक्दै जनतालाई सिकाउंदै सक्षम बनाउनु यसको सामाजिक दायीत्व हो । द्वन्द्वरत पक्षहरूलाई एक ठाउँमा ल्याएर सहमतिमा पुर्याउन सुसूचित र सशक्तिकृत जनता नै सबैभन्दा ठूलो र प्रभाबकारी शक्ति हो । किनभने जनता द्वन्द्व रूपान्तरणमा चासो लिएर आन्दोलित भईरहे द्वन्द्वरत पक्षहरू एकर् इन्च पनि तल माथि वा दायाँ बायाँ गर्न सक्दैन । द्वन्द्व रूपान्तरणको मूल मुद्दा जनताको जित हो । जनता जिते सरकार, सात दल, माओबादी लगाएत सबैका जित हुन्छ । जनता हारे जित्ने कोहि हुनै सक्दैन ।

(३) जनताले खोजेको शान्ति द्वन्द्व रूपान्तरित सार्थक एवं दीगो शान्ति हो; मृत वा त्राशादी अथवा गतिबिहिन होईन । जबर्जस्ति लादिएको शान्ति द्वन्द्व भन्दा पनि भयावह र घातक हुन्छ ।त्यस्तै गतिबिहिन शान्तिले कालान्तरमा अत्यन्तै खतरनाक द्वन्द्वको रुप लिन्छ । एकातिर द्वन्द्व अर्न्तर्द्वन्द्व जुनसुकै काल, परिस्थिति र अवस्थाका स्वाभाबिक नीयति हो भने अर्को तिर द्वन्द्व र शान्ति एक अर्को बिना अस्तित्वमा रहन सक्दैन । नेपालको पाँच हजार बर्षभन्दा पहिलेको सबै भन्दा पुरानो धर्म, तागेरा निङ्गमा फुङ्गमा धर्म, अनुसार सुल्टो उल्टो वा परस्पर बिरोधी तत्व वा अवस्था एक अर्को बिना संभव हुंदैन । चीनको २,६०० वर्षपहिले सुरु भएको टाओ (डाओ) दर्शनले प्रतिपादीत गरेको याङ्ग याङ्गि सिद्धान्तले पनि यही पुष्टि गर्छ । तर्सथ जबर्जस्ति लादिएको शान्ति त शान्ति नै होईन, हुन सक्दैन । अधिनायकबाद वा तानाशाहले बन्धक र बिवश बनाउने दाशता मात्र हो । द्वन्द्वलाई जनता र सबै सरोकार पक्षहरू मिलेर सुझबुझले नै शान्तिमा रुपान्तरण गर्नु पर्ने हुन्छ । यसको बिकल्प खोज्नु आफ्नो, समाजको र देशको अस्तित्व गुमाउनु मात्र हुनेछ ।

(४) द्वन्द्व माथि शान्ति हाबि गर्ने सबैभन्दा सरल उपाय लोकतन्त्र, लाकतान्त्रिक संस्कृति र सशक्त जनताको राजनैतिक तथा सामाजिक माहोललाई साकार र सुदृध बनाउनु हो (लोकतन्त्र सब्दले जनताले निर्माण गर्ने जनताकै गणतन्त्र बुझाउँछ । किनभने लोक सब्दले लोक भन्दा माथि वा तल कसैको अस्तित्व स्विकार्दैन) । यी सबले ‘जनताका बोलीलाई बन्दुकका गोली भन्दा शक्तिशाली’ बनाउँदछ । नेपालको १९ दिने दोश्रो जनब्रि्रोहले यसको पुस्ति गरेको छ ।त्यस्तै इरान, फिलिपिन्स, इन्दोनेसिया, सोबियत रुस आदिमा जनताले शक्तिशाली शाषनब्यवस्थालाई निशस्त्र ढालेकै हो । बिगतमा कार्ल मार्क्सले भनेका थिए, ‘बल (द्वन्द्व) राज्यशक्तिको सुदेनि हो’ । तेस्तै माओत्सेतुङ्गले ‘राज्यशक्ति बनदुकका नालबाट निस्किन्छ’ भनि भनेका थिए । ती उक्तिहरू बिगत इतिहासमा सान्दर्भिक थिए । अहिले सम्म पनि बाध्यता उहि हो । तर द्रूतगतिमा बिकशित भईरहेको मानब इतिहास र मानबताका नयाँ अवधारणाले ती बाध्यताका युगको मृत्यु भैसकेको जनाई सकेकोछ । बिश्वभर चलिरहेको हवा(लोकतन्त्र, लोकतान्त्रिक संस्कृति र सशक्त जनता(का राजनैतिक तथा सामाजिक अवधारणाले सबै खाले युद्ध र युद्धका मान्यताहरूलाई असान्धर्बिक बनाई छाड्ने नयाँयूगको थालनि भैसकेको जनाई रहेकोछ । तर्सथ शान्तिका लागि सांच्चिकै सहकार्य गर्न लोकतन्त्र, लाकतान्त्रिक संस्कृति र सशक्त जनताको राजनैतिक तथा सामाजिक माहोल ल्याउन हामी सबै लागिपर्नु परेकोछ । नयाँयूगको यो आवाज सबैले सुन्न र सबैलाई सुनाउन सके तथा सबैले नयाँअवधारणा बमोजिम आचरण गरे नेपालमा र विश्वमा जीवन्त र निरन्तर अग्रगामी शान्ति अव टाढा हुने छैन ।

(५) प्रतिगमनले षडयन्त्र गरि पछाडीको ढोकाबाट बारबार हाबि भएर जनताका र्सार्वभौम र नागरिक तथा मानव अधिकारहरू चोरेर हरण गरिरहेको हाम्रा र अन्य देशहरूकार् इतिहासका घटनाहरूबाट चेतेर यसपालि त सम्पूर्णनेपाली जनताले नेपालका अबनति, अधोगति तथा राजनैतिक एवं सामाजिक बिसंगति र सबै खाले द्वन्द्वहरूका मूल कारक(राजतन्त्र, सामन्तबाद र तेस्का शक्तिपूंजहरूलाईर्(इतिहासको मलमा परिणत गरिसकेको छ । हाम्रा मललाई ट्वाइलेटमा फ्लस् गरी ब्यवस्था गरै भै हामी सबै मिलेर इतिहासको मल बनिसकेको राजतन्त्र, सामन्तबाद र त्यसका शक्तिपूंजहरूलाइ जनमतको बाढीले फ्लस गरेर इतिहासको अतीतमा सदाको लागि बिर्सजन गरौं ।
( यो लेख २९ कार्तिक २०६३, काठ्माण्डूमा भएको शान्तिका लागि सहकार्यको तेस्रो वार्षिक साधारण सभामा प्रेषित आफ्नो बक्तब्यको आधारमा तयार पारिएको हो ।)