Top Stories

talkinape

HIKE

“पशुपतीको पण्डित!!”

“पशुपतीको पण्डित!!”



ओ हो!! आज त नेपाल बन्द, स्कुल जान पर्दैन क्या मज्जा भन्दै म दौडीने जुत्ता लगौदै थिए, तेतिकैमा आमाले भान्छाबाट भनु भयो।
“हजुरबुवालाई सन्चो भ्एन, तेसैले आज उहाँलाई पशुपतीबाट चनदन लेरैदेउ!”
म राजदरबार मात्र चकर लगाउन जान्छु, पशुपती जान्न भनेर मैले जवाफ मात्र के फर्काएको थिए, बिहान-बिहान देखी आमाको गाली खान पुगे। आमाको गाली सुन्दै ल ल जान्छु म भनेर ढोका जोरले बन्द गर्दै म निक्लिए। येसो ढोका बहिर निस्केको पान्डु आफ्नो हसिलो मुहार देखौदै हाँस्दै रहेछ, जान्छस भनेर सोदे? हे हे हे जान्छु भन्यो, रिश उठीराको थियो एक लाती बजै दिम जस्तो लाग्यो तर कुकुर भन्दै गाली मात्र गरे।

मलाई पशुपती जानै मनपर्दैन, पहिला त बागमतीको अवस्त देखेर मन खिन्न हुन्छ, अर्को मन्दिरको ढोकामा झुनडैएको “हिन्दूलाई मात्र” भने देखदा, येस्तो भेदभाऊ भ्एको ठाँउमा के जाने जस्तो लाग्छ। तर बिश्व सम्पदामा परेको र कला कृतिले भरिएको नेपाली सन्स्कृतिको गौरवको थालो भनेर मात्र गैन्छ। अफु नस्तिक हुँदा हुदै पशुपती जने भ्एको हुनाले मैले पन्डुको धर्म के हो कहिले सोधिन र मलाई एस्तो कुराहरु वैयत लाग्छ, नत पन्डुलाईनै यो कुराको मत्लब छ। जर्मन र नेपालीको छोरो अनी मेरो आमाको धर्मपुत्र र मेरो एकदम जिग्री साथी , हामी कर्मामा विश्वाश राखनेलाई के को धर्म न शर्म।

काठमाडौंको जाडोको हुस्सु र पशुपतिका जोगीहरुका गाजाको धुवालाई चिर्दै म मन्दिरको ढोकामा पुगे।

“बाजे नमस्ते भने”, जवाफ आएन! “पण्डितजी दर्शन” भने, मलाई जवाफ नै नदि पण्डितजी आफ्नो मोबाईलमा गेम खेलनमा भुलेको जस्तो लाग्यो । पन्डुलाई पनि हाम्रो बेवस्ता गरेको मन परेन छ क्य रे , गररररर:…. गर्‍यो। तर पन्डितको ध्यान हाम्रो तिर परेन! येतीकैमा त्यहाँ एक-जना भद्र व्यक्तीको प्रवेश हुन्छ। मुखमा चपै रहेको पानलाई भुइमा थुक्दै, “पन्डित जी, नमस्कार भनेर सम्बोधन हुन्छ।”, कस्तो सोमत नभाको व्यक्ती रहेछ मन्दिरको ढोकामा थुक्छ। पन्डु पनि अली रिसायो, अनी ग्रर्रररर्:…. गर्‍यो, मैले चुपलाग भने। यो व्यक्ती हुँडार हो मलाई रिस उठयो भन्दै उस्ले मुख बिगारयो। (हुँडारले आफ्नो सिकारलाई अली अली गर्दै सतैइ:-सतैइ: टोकी-टोकी जिउँदै खान्छ रे)! (नेपथ्यमा सानो विद्यार्थी, क ख ग पढदै थियो, कालापानी क , खाने दौ ख, गाभने ग ,,,टनकपुरे ट, सुस्ता स!!)

त्यो हुँडार र पण्डित मैले नबुझने भाषामा कुरा गर्दै थिए। पण्डित “हा जी”, “हा जी” भन्दै थिए। काजी र पाजी त सुनेको हो तर यो हा-जी भनेको के हो मैले बुझ्नै सकिन, आमालाई सोधुला भनेर सोचे। “लीजी ए सिर जी” भन्दै पण्डितजीले उस्लाई प्रसाद दिन्छन, हेर्दा कालो कालो वर्नको अनी फ्यत भुँडी भाकोलाई Lee जी भन्दा, त्यो मानिस चाइनिज जस्तो त लाग्दैन नाम चै चाइनिज रहेछ क्या अचम्म लाग्यो।

येतीकैमा त्यो व्यक्तीले १००१ निकालेर पण्डितलाई दिन्छंन,एक रुपैयाँको ढ्याकले पशुपतीको शिव लिङलाई टयङ हुने गरी लाग्छ। १०००को नोट चै पन्डित जीले आफ्नो भित्री खल्तीमा हाल्छन। कागजको रुपैयाँलाई पानीबाट बचौन खल्तिमा हलेका होलन बन्दै सोचे। “ए लो” भन्दै तेही बेलामा मलाई उन्ले सयपत्री फुल प्रसाद स्वरुप दिन्छन। के पहेलो भ्एर पण्डितले सयपत्रीलाई Yellow भनेको हो भनेर पन्डुले सोदछ?, होला सुन्ताललाई Orange भनेको जसतै पहेलो भएर सयपत्रीलाई एल्लो भनेको भनेर मैले भनी दिए।

मन्दिरको पछाडि पटी म चन्दन लिन जन लागेको, त्यहाँ त बबाल भैरहेको रहेछ। पशुपतीमा पनि ग्याङ फाइट भन्दै सोचे, पन्डुचै अली डरायो म चै हिमत बटुल्दै चन्दन लिन गए। अचानक “पशुपतीमा नेपाली पण्डित हुनै पर्छ” भन्दै एक जानले मलाई एक लाती हन्यो, आफुलाई समाल्नके खोज्दै थिए अर्कोले “पशुपतीको हिसाब किताब पारदर्शी गर्” भन्दै एक मुक्का हन्यो। म त रन्थनेर भुइमा ढले, येतीकैमा एकजना अली बक्लो जुइगाँ अनी कपालमा चिपिक जेल हलेका अनी सँगै एक जान लिखुरे साथीको साथमा “ठोकबादी पार्टी जिन्दाबाद”, भन्दै नार लगौदै थिए, येतीकैमा मौका हेरी, लुक्दै त्यो डामाडोलबाट म निस्किए। येसो तेसो सितैमा मुक्का र लाती खाए पनि म चन्दन लिनमा सफल भ्ए। पशुपतीको ढोकाबाट निक्लन लगेको पुलिसले अगी बबाल गरने तै होइन भन्दै एक लौरो हन्यो, म होइन दाई, म होइन भन्दै भागन खोजेको लू-खा भन्दै अर्कोले बूटले हन्यो। तेस पछी म त्यहाँ बाट कुलेलम ठोके।

म एती जोरले दौडेछु, मेरो ध्यान सिफलको वरालोको जुलुसले मात्र रोक्यो। म “धर्मभक्तको” सालीक नजिक टक्क अडिए, जुलुसमा नारा बाजी चल्दै थियो। मुडकीको दु:खैले गर्दा के भनेको सुन्नमा ध्यान दिन सकिन, तरकता कता “पशुपतीको” उचारण भाको जस्तो लाग्यो। सुनिएअको गाला समाई समाई सुनिएअको त नारा गजबको रहेछ। “पशुपतीमा भारतीय पण्डित हुनै पर्छ, आज नेपाल बन्द गर्नै पर्छ”। अनी पन्डुले भन्यो, ए येसै भ्एर तिम्रो कुरा अगी पण्डितले नबुजेको। हो जस्तो लाग्यो, अर्को नारा फेरी घंकियो “मनपरी खाना पौनु अधिकार हो, पशुपतीको हिसाब किताब परदर्शी गर्नु बेकार हो”!! जय होश नयाँ नेपाल, मनपरी खान पाउनु सबैको अधिकार भनेर मैले पन्डुलाई भने।

मेरो सुनिएअको गाला टन-टन गर्दै थियो, येतीकैमा “धर्मभक्तको” सालीकमा दुइटा गिद्द बसे। आँखालाई विश्वाश भएन अंक्सीजन मास्क लगाको गिद्दले अर्को सारी लगाको गिद्दलाई छोरी यै “धर्मभक्तको” सालीकमा बिष्टइ देउ भनछन्। गिद्दै भ्ए पनि नेपालको शाहीद्को त्यस्तो अपमान हुन अटेको सहन सकिन, अनी भुइको लौरी टिप्दै सु-सु गर्दै धँपाउन गए। “ओ-समात समात, सभापतिलाई पिट्न त्यो केटा आउँदै छ,” अनी टक अडके, आँखा मिचे, त्यहाँ गिद्द नभ्एर टि.भी मा औने लामो कद भाको नेता रहेछन। त्यो अगीको पिटैले गर्दा मैले मनिषलाई गिद्द देखन पुगेको जस्तो लाग्यो। पन्डुले हिमत निकलेर ग्रररर:….. गर्‍यो अनी, अली त्यहाँ भ्एका मान्छेहरु अली हटे, त्यो मौका छोपी हामी दुई भागेयौँ।

“घर पुगेको आज फेरी कोसँग झगडा गरेर आको?” आमा भन्दै हुनु हुन्थयो, मैले जवाफै नदीई, हजुरबुवाको कोठामा गए। ल: लिनुस् चन्दन भनेर दिए। बाबु चन्दनमा रगत छ नि भनु भो। जहिले टि.भी मा रक्त चन्दन, रक्त चन्दन भनछन तेही होला भने। ” होइन सचिकै रगत छ भनुभो।” येसो लुगा हेरेको रगतै रगतको टाटा रहेछ। त्यो रगत चै भैरबको प्रसाद फ्री मा भन्दै म नुहौन गए।


सुनिएअको ठाउँमा बरफ्ले सेक्दै, म टि.भी हेर्न लागेको , लोडशेडिङ रहेय्छ! जय होश “नेपाल बन्द” भन्दै एसो झ्यालबाट हेरेको अर्को जुलुस आयो, “एक मधेश एक प्रदेश हुनै पर्छ, नेपाललाई भारतमा गभनै पर्छ” येस्तो वैयात भन्दै म चै ओछ्यान भित्र छिरे। खाटको तल पन्डु पनि ढलकेको थियो..


“पशुपतिनाथले हामी सबैको कल्याण गरुन” भन्दै म चाही सिरकले मुख छोपेर सुते।”


4 thoughts on ““पशुपतीको पण्डित!!”

  1. ali dhilo bhaye cha, gaijata tira post garnu parne, sabda haru ma dheri galti haru chan. But the write up is very intresting. Keep on posting.

Leave a Reply

Your email address will not be published. Required fields are marked *