Top Stories

santosh

HIKE

नारी …

जती पियो पिउँ लाग्ने नारी कुवाको पानी हो |
जति लिएर पनि नसकिने नारी मायाकी खानी हो |
तर किन ?
मेरो जीवनमा त नारी टुकुचाको पानी भो …
धेरै मलाई आँसु दिईन, सायद उनको गाग्रो खाली भो …

जती बर्णन गरेपनि नसकिने नारी देवीको रूप हो |
जति तापेर पनि प्यास नमेटिने नारी ठण्डीको धुप हो |
तर किन ?
मेरो जीवनमा त नारी नरसँहार मच्चाउने काली भो …
धेरै मलाई आँसु दिईन, सायद उनको गाग्रो खाली भो …

जती चाहेर पनि छुट्न नसक्ने नारी आधा ज्यान हो |
जती लिएर पनि नसकिने नारी ठूलो ज्ञानको भण्डारण हो |
तर किन ?
मेरो जीवनमा त नारी, खै कति भनुँ, उनैलाई चढाएको वलि भो …
धेरै मलाई आँसु दिईन, सायद उनको गाग्रो खाली भो …