Top Stories

Gunaraaj

HIKE

कहू वस्ताद ! ठीकै बोलै छी न 2

जनता र देशप्रतिको धारणा ‘शून्य’ त हैन
– ओहो ! नमस्कार ! आहाँ तो सवदिन नैराश्यताका वात उत करके आइल रहल्छि, अब तो भेइगेली न शान्तिका मूल्यवान सहमती पर हस्ताक्षर । कुछ तो आशा तो होगेली, कि हो –
– खै – के हो, के हो !! जो जतिखेर माथि पुग्छन् अथवा माथि पुग्ने खुड्किलो टेक्न पाइला उचाल्छन् तिनेरुका वार्ता, भाषण, वक्तव्यहरू मीठा, स्वादिला, रुचिकर, भरोसायुक्त नै लाग्ने हुन्छन् । तर माथि उक्लेर आसनमा विराजमान हुन्छन् अनि पहिले बोलेका कुरा सम्पूर्ण नै टुकुचामा बग्ने गर्छन्, चाहे जो कोही होस् । तपाइँलाई विश्वास लाग्दैन भने भूगोल पार्कको शिलापत्र, ०७ सालदेखि ०४६ सालसम्मका सरकारहरूका भाषण, वक्तव्य, संविधानहरू, ०४६ साल यताका सरकार र संविधानका शब्दावलीहरू हिजोआज भैरहेका भाषण वक्तव्यहरूले सँधै एउटै रट लगाइरहेका देखिन्छ- ‘जनताको हितका लागि, देश उच्च शिखरमा पुर्याउनका लागि’ भनेर । तर यथार्थ हेर्नुस त – अनि केका आधारमा आशा र विश्वास गर्नु – कृष्णप्रसाद भट्टर्राईले १० वर्षा नेपाललाई सिंगापुर बनाइदिने, अनि तीन वर्षभत्र मेलम्चीको पानीले काठमाडौंका सडक पखाल्ने सम्मको सपना बाँड्नु भएजस्तै फेरि प्रचण्डजीले १० वर्षा नेपाललाई एशियाली समृद्धशाली देशभन्दा माथि पुर्याउने सपना बाँड्दै हिंड्नु भएको देखिन्छ । यसको आधार गणतन्त्र घोषणा र राजालाई ठ्याक लाउने रे । के त्यति गर्देमा उहाँले भनेको पुग्छ – आधार र टेक्ने ठाउँको कुनै अत्तोपत्तो छैन, गफमात्र हाँकिदिने हामी जस्ता अधमरा निरिह गरिव जनताका अगाडि –

– बाफरे आहाँने तो मेरेको तो मुह बन्द करदेल्कै । फिर भी कुछ तो आशा कर लेलु । हाँ आहाँ के वातमें वास्तविक सचाइ छि फिर पहले जैसे सरकारमें आसन जमाएवाला न छी प्रचण्ड, बाबुराम, दीनानाथ, बादल, महराजी । वहे सब कर्मठ जनवादी आदमी मर्दवा हि जैसे छी, तव – हाँ एक वात जरुर छि कि हमरे सिंहदरवार प्रवेश जो कोइ र्’कर्मठ’ करलैछी- कि तो चन्द्रशमशेर, जुद्धशमशेर, मोहन शमशेर होइछी, कि तो देव शमशेर, पद्मशमशेर जैसे कान पकडके वाहर निकलैछी । गिरिजाजी, शेरबहादुरजी, र्सर्ूयबहादुरजी, चन्दजी सबका सव संसद भि विघटन कके कान पकडके वाहर निकलै छी । दुवारा, तिनवारा घुमफिर कके वहाँपर जैसे तैसे तिकडम करलैछी भी, फिर वाहर हि निक्लनेका पगडडे ढुडने लगैछी, तव – वहे सव वात तो आहाँ वातोंमे सहमत छी, फिर भि वहे सव लोगको प्रचण्डजी ने कुछ टि्रटमेन्ट करली, न ! आहाँ के कहनाम जैसे प्रचण्डजीका भी १० वर्षे आधारशिला कैशन छी – कि, वह भी सपनाका जादुवाला छडी तो न छी – !!
– हो, त्यै भएर त मैले भनेको नि । यसरी सधैं २१ शताब्दिका जनतालाई आधार विनाका कुराले सपना बाँडेर आफू चाहिं हुकुम चलाउने तहमा पुग्ने – राणाका आसेपासे र उनेरुका परिवारले जहाँ जैले पनि हुकुम चलाउँथे त्यसरी नै प्रचण्डजीका भाइ भार्दारहरूले देशभर हुकुम चलाएका थिएनन् अथवा चलाएका छैनन् त – यसमा रत्तिभर पनि प्रचण्ड, वावुरामजीले चासो राख्नुभएको छैन । राणाशासन भोगेका बुढापाका हजारौं छन् । उनेरुले त्यो शासन र यो प्रचण्ड शासन दाँजेर गाउँघरमा छलफल गरिरहेछन् । गर भने पछि गर्नैपर्ने, मर भनेपछि मर्नैपर्ने, नटेरे ‘सफाया’ ! यो कस्तो शासन – न ऐन न कानून, मनलागी ‘हुकुम’ भयो, भयो !!! अब हुँदा हुँदा प्र.म. हुँला ता नि- भनेर कत्रो गम खाएर बस्नुभएका महान नेता माकुनेजी पनि प्रचण्डजीले अन्तरिम सरकार प्रमुख गिरिजाजी नै हुनुपर्छ भनेपछि उखर्माउलोले भत्भत पिल्सिन पुग्नुभयो । अब मक्सद के रहेछ त नेताहरूको – जनता र देशप्रति धारणा ‘शून्य’ त हैन – विचारणीय छ । सबैले नेताहरूको हर्कतप्रति ध्यान दिनर्ैपर्छ कि हैन –
– मनासिव, मनासिव ! फिर भि मै तो नकरात्मक सोच, निराशायुक्त सोचको कुछ तो परिवर्तन कके सकारात्मक सोच, आशा औ विश्वासयुक्त सोच विकास करलें, जरुर जरुर उसका नतिजा सकारात्मक हि होएसकैछी । ठीक छी तो …। कहू वस्ताद ! ठीकै बोलै छी न –

Leave a Reply

Your email address will not be published. Required fields are marked *