Top Stories

Gunaraaj

HIKE

कहु वस्ताद, ठीकै बोलै छीन –

हमरे से तेल निकालके अपने को मालीस !
– नमस्कार ! नमस्कार ! अब त हाम्रा चाडवाड- दशैं तिहार छठ र रमजान पनि सकिए अर्को वर्षम्मका लागि । आगुमसम्म बाँचियो भने फेरि मिली जुली मनाउँला । कसो दशरथ भाइ –
– हाँ, वात तो ठीक ही छी पर मरजानेवाली मत ठीक नलग्लै । काहे लागि ऐसन वात वतियाऔछी – अब तो देश में शान्ति आएवाला हि लगैछी । कि करु पर्र्सों सामेरवाने ओ मोटका छी न, उसको कोनो ने अपहरण करलेली । विचारे ओ गाउँके जो कोइका खेत तमाए लागि बलवान रहेगेले थिन् । जब काम जवरजस्त करतै तो १ किलो चावर भि तो हजम करे सकै छि न – तुम हम तो परव भर भी खाए नसकैछी तो हमरे काम भी तो हल्का फुल्का रहवेकरैछी । कि हो –

– खै शान्ति आउनै लागेको भन्छौ तानी । वारिदेखि पारिसम्म तलदेखि माथिसम्म ङ्यार्र र्ङर्ुर मात्रै गरेका छन् रे त अनि – जो पनि मेरो गोरुको एक लाख भनेर गर्ुराएर अड्डी लिएर औंलो ठड्याउँदैछन् रे । यता राजधानी लगाएत सम्पर्ूण्ा देशभर हत्या, हिंसा, मारामार, काटाकाट, अपहरण, गाउँ निकाला, घरनिकाला, भाटे कार्वाही, श्रमदण्ड, लुटपाट, घम्सा घम्सी, कुटाकुट आदि इत्यादि झन् झन् बढेको कुरा पत्रपत्रिका, रेडियो एफएम र टेलिभिजनले फलाकी रहेछन् । ती त देखेका चालपाएका कुरा मात्रै फलाक्ने त हुन् नि । नदेखेका, चाल नपाएका, थाहा नभएका त्यस्ता कारवाही कति भैरहेका होलान्, अनि लेखेर, भाषण गरेर, वक्तव्य दिएर, बुँदामा सही गरेर, हात मिलाएर मात्र शान्ति हुने हैन करे । बन्दुक लिएर दलवलसहित गाउँ घर पाखा पखेरा ग्वार-ग्वारती परेड भैरहेका छन् भन्ने सुनिएको छ दिनदिनै । चन्दा असुली, कर असुली, दस्तुर असुली, कमिशन असुली, नाफा असुली, तस्कर असुली, भन्सार असुली दिन दोब्बर रात दशौं वर हलक्क हर्ुर्किरहेछ अनि । तिमी हामी गरिव त हौं नि पिसिने, पिधिँने । १५ हजार मारिएकाका परिवारलाई यस्ता कार्यले कसरी शान्ति हुन्छ र – उनेरुका नातेदार इष्टमित्रसमेत लाखौंको मन पिरोल्ली रहेछन् । डर त्रास वास गाँस कसले प्रवन्ध गर्ने र मिलाउने – ठूला वडा नेताका लागि यी कुरा झिना मसिना हुन् रे, तेसै भन्छन्। अरु देशका लाखौं लाख मारिन्थे यहाँ त नाथे ८/१० हजार मारिनु त केही पनि हैन भन्छन् रे ! अनि –
– बहुत वात वतिया लेली, पर तु हम कि करे सकैछी – हम गरीव लोगका कोइ भी सहारा होइवे नकरैछी । हम गरीव जनताके नाम पर शासन हुकुमत व्यवस्था चलाना हि राजनीति रहे देखैछी । चाहे कोहि भी व्यवस्थाका नाम राजतन्त्र हो या प्रजातन्त्र, बहुदल तन्त्र हो या एकदलीय तन्त्र, चाहे गणतन्त्र हो या जनगणतन्त्र, चाहे पूँजिवाद हो या साम्यवाद हम गरिव लोगों जनताके नाम पर सत्तापर अपनेको स्थापित कके तुम हम पर शासनका बन्दुक, डण्डा, लाठी, कानून, नियम, आदेश, हुकुम, फरमान जैसे वषर्ा करना औ हमरे से तेल निकाल निकाल कके अपनेको मालिस कराके अपनेको ही वलिष्ठ बनाने मकसद हि देखैछी । छोडदे ऐसन वातको । हम किसान लोग हमरे खेतवारी में लडभीड के अनाज, सब्जी उगाके जिविका जैसन तैसन चलावा । कि हो – हाँ तो गेहुँके विया तनका १/२ पसेरी तोरे साथ छी कि न – मेरे घरमे जो रहगेले थी पर्र्सो बबुआके भुखार लगने से ओ वेच्वा के हवाइ खरच मे गेली । मुस्किल भेलै कि करुँ भाइ !
– पहिले नै भन्नुपथ्र्यो नि ! तै दर्ुइ पसेरी त पुग्ला कि – फेरि आफूलाई पनि चाहियो । घरमा जाउँ न त । भए लिइ हाल । फेरि कोही आइहाल्यो भने त्रि्री भाउजुले देली, हैन – जाउँजाउँ । खेत जोत-जात गर्यौ त – धान अस्ति नै काटेको देख्या थें । मैले पनि खेत ठीक गरेको छु भोलि बुधबार गहुँ छरिहाल्छु । तिमी पनि छरिहाल । अनि धनिया मिसाउनु पर्छ कि – त्यो पनि दुइ चार पसेरी फल्यो भने केटाकेटीको किताव कापीलाई हुन्छ । कहु वस्ताद, ठीकै बोलै छी न –
Source: Naya Current Weekly

Leave a Reply

Your email address will not be published. Required fields are marked *