Top Stories

Prati

HIKE

एक्लो जीवन

शिथिलशरीर लिई मृत्‍युको दिन गनिरहेछु

लाखापाखा लागेका सन्तान, बेलैमा अस्ताएकी दोहा सम्झदै

झोल्लिएका मांशपेशी र खिईएका नङग्रा हेर्दै

आफु भित्र जलिरहेछु

क्या दिन थिए मेरा पनि

साथीसंगी अनी सुरको मजा

न छोरा छन् न छोरी नै एक्लो निरिह्य मुढो आज

अमर रहन मन लाग्थ्योआज उमेर धेरै भयो

सन्तान को प्रगतीमा खुशी हुँदाहुँदै

खुशी नै दु:ख बनिदियो

छोरीलाई त पराइ धन नै मानेको

छोरा पनि पो परै भयो

डाक्टर ईन्जिनीएर को बाबु म

न घर रह्यो न बास नै रह्यो

पशुपतीको चिसो पेटी नै आफ्नो भन्ने आभाष रह्यो

म जलिरहे म बलिरहे खरानी बने तिनैका लागि

फुटेको चश्मा टुटेको सपना जोडीने अब आशै गयो

म गिज्याउने गर्थे वसन्तलाई

शिशिर मलाई जिस्काउने भयो

सन्तान हुर्काउने नाममा

न धनै रह्यो न धर्मै रह्यो

तर आज बुढेसकालमा यो जीवन एक्लो भयो

सन्तानप्रती आशातित नयन हरपल रुझेरै रह्यो